गमक पोष्ट समाचारदाता

सिरहा, १ पुस । सिरहाको गोलबजार नगरपालीका २ गुरुधाममा ३ महिने व्यसायीक वेमौसमी तरकारी खेती तालिम आज सम्पन्न भएको छ । आशमान नेपालको आयोजनामा सञ्चालित व्यसायीक सीप विकास तालिम एक समारोह विच सम्पन्न भएको हो ।
तालिमको समापन कार्यालममा गोलबजार नगरपालीकाका उपप्रमुख रेशम कुमारी थापाले तालिम सम्पन्न भएरमात्र यसको प्रायोजन समाप्त नभएको भन्दै अव यसको प्रयोग सुरु भएको बताए । उनले कुनैपनि तालिम समापन हुनुको अर्थ तालिम प्राप्त व्यक्तिको लागि तालिमबाट प्राप्त ज्ञानको प्रयोग सुरुहुने बताए । यो तालिमले यहाँका किसानलाई थप सहयोग पुगेको हुन सक्ने उपमेयर थापाले बताए ।
कोभिडको समयमा आफ्नो काम छोडेर तालिममा सहभागी भएका १० सै जनालाई राहत प्रदान गरिएको हो । सहभागीहरुलाई नगरपालीकाका उपप्रमुख रेशम कुमारी थापाले हस्तान्तरण गरेका थिए । नगरपालीकासँगको समन्वय र सहकार्यमा स्थानीयलाई तालिममा सहभागी गराएको कार्याक्रम संयोजक संजिव कुमार साहले जानकारी दिए ।
तालिममा स्थानीय एक पुरुष सहित १० जनाको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई संस्थाले खाजा खर्ज बापत ७ हजार ५ सय र रहात स्वरुप २५ केजी चामल, ३ केजी दाल, १० थान नुहाउने सावुन, ५ लिटर खाने तेल प्रदान गरेको छ ।

कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष लक्ष्मण साह, पत्रकार गणेश साह लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।