गमक पोष्ट समाचारदाता

सिरहा, २९ मंसिर । सरकारको अहंकारलाई चकनाचुर गर्न सकिएर काँग्रेस आन्दोलनमा उत्रेको बताए । पूर्वघोषित देशव्यापी अन्तर्गत नेपाली काँग्रेस जिल्लाले सिरहा सदरमुकाम सहित लहान गरमा समेत प्रदर्शन सहित कोणसभा गरेको छ ।
। जनताको सेवा सुविधामा अभिबृद्धि ल्याउछु भनी सपना बाँडेर सत्तामा पुगेका नेकपाका केपी ओलीको बहुमतीय सरकारले जनतालाई चुस्ने, कुट्ने, पक्रिने र तर्साउने वाहेक केही खासै काम नगरेको उनको आरोप छ ।
विकास, पहिचान तथा अधिकारको कुरा उठाएका नेकपाले पाएको बहुमतलाई अनादर गर्दै अहंकार मात्र देखाउन थालेको उनले जनाए । सर्वदलिय र सर्वपक्षीय सहमतिको आधारमा निमन्त्रणा पाएर पुलको उद्घाटन गर्न पुगेका काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई विना कारण पक्राउ गरी तर्साउन खोजेको प्रसंगलाई उल्लेख गर्दै उनले भने,‘देशको विभिन्न परिवर्तनमा सारथी बनेका नेतालाई त्यस्तो व्यवहार गरियो भने सामान्य नागरिकलाई के गर्दो होला अनुमान लगाई राख्नुपर्दैन ।’ कोरोना संक्रमण जोखिमलाई न्यूनीकरण गर्न विभिन्न देशबाट आउन र जान लगाइएको प्रतिबन्ध खुकुलो पारिएपनि छिमेकी मुलुक भारतमाथिको प्रतिबन्ध कायम राख्नुले तराईबासीलाई दुःख दिन यो सरकारले लागी परेको कुरा प्रष्ट भएको उनले दाबी गरे । उनका अनुसार उचित शर्तको आधारमा भारत आउन र जान दियो भने विपन्न किसानलाई सहज हुने थियो तर यो सरकार तथा त्यसमा भएका नेता आफ्नो स्वार्थ वाहेक अरु केही देखिरहेको छैन् । काँग्रेसले राणा, राजा तथा जनविरोधी अन्य शक्तिलाई परास्त गरेर देशमा शान्ति, समृद्धि र जनमुखी विकासको वातावरण बनाउन गरेको योगदानलाई वेवास्ता गरेर अघि बढ्न प्रयास गरेको वर्तमान सरकारसँगै नेकपाको बिलय निश्चय भएको उनले ठोकुवा गरे । नेकपाको सरकारले जनतालाई चुसेर काण्डै काण्ड गर्ने वाहेक केही खासै काम गर्न नसकेको हुँदा काँग्रेसको बिकल्पको कुनै शक्ति नभएको उनको दाबी छ ।
सिरहा जिल्लाको विभिन्न गाउँ तथा स्थानीय तहबाट हजारौंको संख्यामा आएका काँग्रेसका नेता तथा कार्यकर्ताले सिरहा बजारको विभिन्न भाग परिक्रमा गर्दै यहाँको थाना चौकमा रहेको शहिद राजेश ठाकुर पार्कमा गएर कोणसभामा परिणत भएको थियो । काँग्रेस सिरहा सभापति रामचन्द्र यादवको अध्यक्षतामा भएको कोणसभामा नेताहरु डा.गणेश मण्डल, मोकतार अहमद, अमर रेग्मी, पद्मनाराण चौधरी, संजय प्रकाश यादव लगायतले सरकारको कार्यनीति, जनताको अपेक्षा र काँग्रेसको भुमिका दर्साउदै आ–आफ्नो मन्त्वय राखेका थिए ।