गमक पोष्ट समाचारदाता
सिरहा, २९ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ्ले भौतिक पूर्वाधारको विकासलेमात्र मूलिक समृद्ध बन्नेबताएको छ । सिरहाको जमदह–लगडी गदियान सडक अन्तर्गत गोलबजारमामा शिल्यान्यास गर्दै मुलुल समृद्ध बन्न सवैखालका भौतिक पूर्वाधारको विकास अति जरुरी रहेको बताए ।
अव हरेक क्षेत्र तथा प्रदेशहरुमा आवश्यकताको आधारमा चार लेन, छ लेन, आठ लेन सम्मको बाटो बनाउने सरकारको लक्ष्य रहेपनि अव नेपालको त्रिव्रविकास यसलेमात्र नधान्ने मन्त्री नेम्वाङ्गले बताए । उनलेभने, ‘अव चार, छ, लेनको पक्की÷कालोपत्रे बाटोलेमात्र नेपाललाई समृद्धिको बाटोमा पुर्याउन सयम लाग्छ, समृद्धिको लागि पूर्वपश्चिम, उत्तर दक्षिण रेलमार्गको आवश्यकता छ, हामी भौतिक पूर्वाधारको व्यापक निर्माणमा लागिरहेका छौं ।’
सरकारले मधेस, पहाड, हिमाल सवैक्षेत्रको समान विकासको सपना देखिरहेको मन्त्री नेम्वाङ्गले बताए । उनलेभने, ‘मधेसमात्र हेन हिमाल सम्मका सवैक्षेत्रमा पूर्वाधार निर्माण्को जरुरी छ, यो सरकार विकास निर्मागाको तिब्र प्रकृयामा छ, अहिलेको सरकारले नभ्याएका काम अकोपटक बन्ने सरकारले गर्ने गरी हामी योजना बनाई रहेका छौं ।’
शिल्यान्यास गरेको यो योजना २०७९ मा सम्पन्न गर्नेगरी सरकार लागि परेको मन्त्रीले बताए । उनलेभने, ‘हामीले शिल्यान्यासको लागि मात्र शिल्यान्यास गरेको हैन, हामी समयमै सम्पन्न गर्ने दिशामा छौं ।’
नौं महिना र १५ महिनामा सरकार फेरबदल हुने खेलले मूलुकको समृद्धिको बाटो अवरुद्ध थियो अव सरकार योजना बद्ध तरिकाले अघि बढेको जिकिर गरे । उनलेभने, ‘यो सरकार लगातार ५ जान्छ र यसले चुनावमा जनतासँग गरेको बाचा पूरा गरेर देखाउँछ ।’
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले प्रदेश नं. २ को विकासको लागि कृषि क्षेत्रको विकासको लागि सरकार लागिपरेको बताए । उनले यो प्रदेशको ठूलो कृषियोग्य भुभागमा सिंचाईको आवश्यकता रहेकोले सरकारले शुनकोशि, मरिन, बागमती डाइभर्सनको काम पनि अघि बढेको बताए । योजना सम्पन्न भएको खण्डमा प्रदेश नं. २ बास्तमै अन्नको भन्डार बन्ने निश्चित गरहेको बताए ।
आज शिल्यान्यास गरिएको जमदह लगडि कदियादनी योजना २ वर्ष भित्र सम्पन्न हुने बत्ताहरुले जनाए ।
शिल्यान्या कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले नगरको विकासको लागि आफ्नो सामर्थ्यले भ्याएको कुनै कसर बाँकी नगराख्ने बताए । उनले आफू निर्बाचिछ भएपछि अधिकतम बजेटको सदुपयोग गरेको जिकिर गरे ।
शिल्यान्यास समारोहमा मन्त्रालयका सचिव तथा अन्य प्रशासनिक निकायका पदाधिकारीहरुको उस्थिति रहेको थियो ।