मुकेश कुमार यादब/ सिरहा २६ मंसिर । सिरहाको गोलबजार नगरपालिका स्वास्थय शाखाको फितलो अनुगमनका कारण नगरभित्र रहेका दर्जनभन्दा बढी अस्पतालहरु तथा पोलिक्लिनिकहरु दर्तानै नगराइ सञ्चालन गरेका छन् । गोलबजार नगर स्वास्थ्य शाखाले वेला वेलामा अनुगमन गर्दा दर्ता नभएका र नविकरणनै नगरि सञ्चालन रहेका निजी स्वास्थ्य संस्थाहरु पाइएपनि राजनिति दवाव तथा विभिन्न वाहानावाजि गर्दै शाखाले नियमन गर्न नसकिएको हो ।

GBR 4

शुक्रवार नगर स्वास्थय शाखाको संयोजत्वमा जनप्रतिनिधि, सुरक्षाकर्मि, स्वास्थय कार्यालय सिरहाका प्रतिनिधि तथा संचारकर्मीको सहभागीतामा अनुगमन गर्दा १० वटा निजी स्वास्थ्य संस्था विनादर्ता सञ्चालनमा रहेको र ८ वटा नविकरणको प्रकृयामा रहेको स्वास्थ्य शाखा सह संयोजक पवन पंजियारले बताए ।गोलबजार २ स्थित रहेका संचालक शिव कुमार नायकको क्लिनिक, पुनम कुमारी साहको क्लिनिक, वडा नं. ४ को विक्रु साहको क्लिनिक, नविन नेन्टल क्लिनिक, र सत्यम् हेल्थ केयर तथा डाइग्नोष्टिक सेन्टर विना दर्ता संञ्चालनमा रहेदा कमेत सरोकारवाला निकाय भन्ने मौन रहेको छ् ।

माँ धमिनी डेन्टल क्लिनिक, वर्ड नं. ७ का मनोज कुमार यादवको क्लिनिक, हरि केयर क्लिनिकले पनि दर्ता नगराई सेवा सञ्चालन गरेका छन् । उनीहरुले वर्षौदेखि क्लिनिकको रुपमा विना दर्ता विरामीको पउपचार गर्दै आईरहेका छन् । कतिपयले भर्ना समेत लिने गरेको बताइएको छ । प्रायः राजनीतिक आडमा वा विभिन्न प्रभावका कारण उनीहरु दर्ता प्रकृयामा जान चाहिरहेका छैनन् ।GBR 3

नविकरण प्रकृयामा रहेकाहरु भूमिजा हस्ष्टिल, अजय कम्यूनिटी डेन्टल अस्पताल प्रा.लि., एकता स्मृति पोलि क्लिनिक, शौरभ एण्ड कृष पोलि क्लिनिक, माँ धमिनी हस्टिल प्रा.लि., बेवी ल्याव, सगरमाथा मोडेल हस्पिटल प्रा.लि.रहेको स्वास्थ्य शाखा सह–संयोजक पंजियारले जानाए ।

उनले हामीले केही दिन अघि नै सूचना दिएर दर्ता र नविकरण प्रकृयामा आउने भनेअनुसार केही प्रकृयामा आएपनि धेरै अझै प्रकृया बाहिरै रहेको जनाए । उलेभने, ‘सवैलाई हामी प्रकृयामा आउन अझै आव्हान गर्दैछौं, अनुगमनको क्रममा यो पटक उहाँहरुलाई सम्झाई बुझाई गरेका छौं, यस्तै अटेर गरे शाखाले आवश्यक कार्वाहीको लागि पहल गर्छ ।’