उदयपुर, ७ कात्तिक। उदयपुरमा एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको कटारी नगरपालिका २ मझुवाबस्दै आएका सिन्धुलीका २१ वर्षीय सुशिल खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
ति युवकले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको उदयपुर प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।























