मुकेश कुमार यादब /सिरहा, २४ मंसिर । सिरहाको गोलबजार नगरपालीकाको कृर्षि शाखा कार्यालय विहानै १० बजे खुलेपनि यहाँका प्रमुख वा कर्मचारी कहिल्यै कार्यलय समयमा सेवाग्राहीहरुलाई भेटिदैनन ।

कृषि शाखामा कुनै काम विशेषले कार्यालयमा पुगेका किसानले नगर कृषि शाखा अधिकृत रामनारायण महतोलाई भेट्न किसानहरु किहिले प्रमुख प्रशासकिय अधिकृतको कार्याकक्ष, कहिले नगरको प्रशासन शाखा त कहिले कता भैतारीन परेको एक किसानले बताए ।127788562_407417087116743_7187997971564773611_nकृषि शाखा प्रमुख महतो आफनो कार्यालयको काममा भन्दा अन्य काममै सक्रिय भएकाले उनलाई कृषि कार्यालयभन्दा अन्यत्रै खोजिखोजि भेटिनु पर्ने बाध्यता रहेको स्थानिय सरोज राईले गुनासो पोखेको छ । महतोे किसानको समस्या बुझ्ने, त्यसको समाधान गर्ने भन्दा पनि नगरपालिकाको अन्य प्रशासनिक काममै व्यस्त रहेको देखिन्छन् ।

विभिन्न कार्यालयबाट आउने चिठिपत्र हेर्ने र त्यसको जवाफ दिने, सिफारिसहरुमा सहि छाप गर्नेमा व्यस्त भएका कारण यहाँका कृषि शेवाबाट प्रवाह हुने सेवाभने प्रभावित हुने गरेको छ ।127889066_3814399011956289_651290963428535274_n

कृषि शाखा प्रमुख महतोमात्र हैन यहाँ कार्यरत २ जना प्राविधिक र एक जना कार्यालय सहयोगी पनि नगरको अन्य काममा खटिएका छन् । जिल्लाकै तरकारी उत्पादनमा महत्वपूर्ण योगदान गरेको गोलबजार नगरपालीकाका किसानले कृषि सेवाबाट सेवा नै पाउँदैनन् ।

गोलबजारका १३ वडाका किसानहरु कुनै समस्या लिएर कृषि कार्यालय आँदा कर्मचारी नभेटीने र भेटिहालेपनि समयमा समाधानका उपाय नपाउने भएपछि एग्रोभेटकै मरामर्शमा मल खाद, औषधी र विउ विजन किनेर उत्पादन गर्ने गरेको छ ।
वडा नक्वर १० का किसान सन्तलाल महतोले कृषि कार्यालयमा जाँदा कोही नभेटिने भएपनि आफू विउविजन व्यवसायीकै परामर्शमा तरकारी खेती गर्दै आएको बताए ।

उनलभने, ‘कृषि कार्यालयमा कर्मचारी भेटिदैंन, भेटिएपनि उनीहरुबाट केही नै नहुने भएपछि किन त्यहाँ जानु, यतैबाट काम चलिरहेको छ ।’
कृषि शाखाको गेदैमा पशु औषधी पसले धनराज यादवले कृषिका कर्मचारी खोज्न आउनेलाई जवाफ दिंदा दिंदा दिक्क लागेर आएको बताए । उनलेभने, ‘कहिल्यै कार्यालयमा बस्दैन, विहानै खुलेको कार्यालय कहिले ७ बजे सम्म खुल्लै हुन्छ, तर कर्मचारी भेटनै मुस्किल हुन्छ ।’

नगरपालीका प्रमुख देवनाथ साहले पनि कृषि अधिकृत महतोलाई आफ्नो कार्यालयमा बस्न र योजना बनाएर किसानलाई टेवा पुर्याउन भन्दा भन्दा थाकी सकेको बताए । नगर प्रमुख अवत म उहाँलाई के गर्दै छ, भन्ने सोध्न समेत मन लाग्न छोडिसकेको बताए ।

यता कृषि अधिकृत महतोले भने आफू कार्यालय प्रमुखको मातहतको कर्मचारी भएकाले उहाँले अर्हाएको काममा रहेको बताए । उनलेभने, ‘म कार्यालयकै काममा छु, प्रमुख प्रशासकिय अधिकृतले दिएको जिम्माको काम गरिरहेको छु ।’
उनले आफ्नो कार्यालयको काम भने प्रभावित भएको भने स्वीकार गरेको छ ।