सिरहा, ६ असोज। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड बरियारपट्टी शाखाले यहाँका दुई आधारभुत विद्यालयका छात्रछात्रालाई शैक्षिकसामाग्री प्रदान गरेको छ। संस्थाले बरियारपट्टी गाउँपालिका ४ स्थित आधारभूत बिद्यालय सोहपुर र दलित बाराकी आधारभुत विद्यालयका ३८४ छात्र÷छात्राहरुलाई लक्षित गरेर उक्त सामग्री वितरण गरेको हो। 

संस्थाले आफ्नो समाजिक दायित्व अन्तर्गत यहाँका सामुदायिक विद्यायमा अध्ययनरत छात्र छात्राहरुलाई उक्त शैक्षिक सामाग्रि प्रदान गरिएको बताए। उनले मधेश शैक्षिक रुपले कमजोर रहेकोले यहाँको शिक्षालाई थप बलियो बनाउन सवैको योगदान आवश्यक रहेकोले संस्थाले आवश्यक सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी दिए। 

उनले आफ्नो संस्थाले पछिल्ला ३ वर्षदेखि यहाँका विभिन्न विद्यालयहरुलाई निमानुसार सहयोग गर्दै आएको पनि बताए। 

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा प्रतिनिधीसभासदस्य शिव यादव, गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतो, उपाध्यक्ष ममता कुमारी यादव, आधारभूत बिद्यालय सोहपुरका प्रधानाध्यापक देव प्रसाद यादव, उमेश साह लगायतका व्यक्तिहरुले मन्तव्य राखेका थिए। 

बक्ताहरु सवैले यहाँको शिक्षा कमजोर भएको प्रति चिन्ता व्यक्त गर्दै सुधारको लागि सामुहिक प्रयास आवश्यक रहेको औंल्याएका थिए।

ramkumar