सिरहा, ८ कात्तिक। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित दुई युवकलाई गोलबजारबाट नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलिले गोलबजार नगरपालिका ४ निपनियाँबाट आज अपरान्ह ५३ ग्राम ३ मिलिग्राम ब्राउनसुगरसहित जिल्लाकै सुखिपुर नगरपालिका ५ का ३१ वर्षिय अजय कुमार यादव र वडा नम्वर १० का २५ वर्षिय अरविन्द कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा निपनियाँ चोकबाट उत्तरतर्फ जाँदै गरेको म.प्र.–०१–००६ प ५१३९ नम्वरको एफजेडएस मोटरसाइक राकी चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूच्ना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
प्रहरीले उनीहरुको साथबाट डीजिटल तराजु, मोबाईललगायतको सामाग्री बरामद गरेको छ।
प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।






















