सुरेश राय
गोलबजार, २० मंसिर । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको विरुघको शनिवार सिरहाको गोलबजारमा विरोध प्रर्दशन गरेको छ । विरोध र्याली पछि आयोजित कोणसभालाई नेपाली काँग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले सरकार स्वेक्षाचारी भएको भन्दै यसको विरुद्धमा सशक्त आन्दोलनको जरुरी रहेको बताए ।
उनले इतिहासमा सवैभन्दा भ्रष्ट, स्वेच्छारी र जनतामारा सरकार भएको आरोप लगाए । सभापति यादवले स्वेच्छारी सरकारलाई वेलागाम घोडालाई जसतो छोडे यो झन मात्तिने भन्दै यसको विरुद्धमा आन्दोलनकोे विकल्प नरहेको बताए ।
सयौंको संख्यामा उपस्थित काँग्रेसका नेता कार्यकर्ताहरुले नलायक सरकार मुर्दाबाद, के.पि. ओलि माफी माग, कृषि मल को बेबसथा गर ,भ्रष्टाचारी बन्द जस्ता नारा लगाएका थिए ।