गमक पोष्ट समाचारदाता

सिरहा, १ ८ मंसिर । सिरहाको धनगढीमाई नगरपालिकाले आफ्ना नगरक्षेत्रका गर्भवती तथा सुत्केरी महिला तलाई पोषण प्याकेज कार्यक्रमल्याएको छ । उक्त कार्यक्रमलाई बुधबार प्रारम्भ गर्दै नगर प्रमुख हरिनारायण चौधरीले गर्भवतीमहिलालाई सुरक्षित राख्न एवम् संभावित खतरा हुनबाट बचाउन चेकजाँचको नियमिततादिनको लागि यो प्याकेज लागू गरिएको वताए ।

नगर क्षेत्रभित्रका गर्भवती भएदेखि सुत्केरी नहुन्जेलसम्म अस्पतालमा आई नियमित (कम्तिमा चार पटक) जाँच गराउने सम्पूर्ण गर्भवती महिलाको लागि यो कार्यक्रम लागू गरिएको स्वास्थ्य शाखा निमित्त प्रमुख सुरैत चौधरीले बताए ।

नगरपालिकाले नगरक्षेत्र भित्रका सम्पूर्णका लागि सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा दिन आफ्नै लगानीमा सुविधा सम्पन्न नयनपुर अस्पताल संचालन गरेका छन् । धनगढीमाई नगरपालिकाको ९ नयनपुर अस्पतालमा २४ सौं घण्टा सेवादिइरहेको छ ।