गमक पोष्ट समाचारदाता
जनकपुर, १६ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जनकपुरको मुजेलियामा रहेको मणिपाल शिक्षण अस्पतालले ओगटेको जग्गा अधिग्रहण गर्ने बताएको छ ।
प्रादेशिक अस्पताल जनकपुरले आज आयोजना गरेको स्मारिका विमोचन कार्यक्लाक्रई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रादेशिक अस्पताललाई आधार बनाएर गठन हुन लागेको प्रतिष्ठानको लागि मणिपालले ओगटेको जग्गा उपयुकक्त रहेको भन्दै अधिग्रहणको प्रक्रिया छिट्टै अगाडी बढाइने बताए ।
मणिपालले गुठीसंग लिजमा लिएको जग्गामा शर्त अनुसार काम नगरेको भन्दै उनको लिज खारेज गरेर सो जग्गा प्रतिष्ठानलाई दिइने उनको भनाई थियो ।
प्रादे्शिक अस्पताल जनकपुरलाई आज सम्मको यात्रामा सहयोग गर्ने सम्पूर्ण चिकित्सक, समाजसेवी, राजनीति कर्मीहरुको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै ख्यमन्त्री राउतले अगामी यात्रामा समेत सबै पक्षलाई सहयोग गर्न अपेक्षा रहेको बताए।
अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको अनावरण क्रार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह , अस्पताल विकास समितिका अध्यक्ष संजय सिंह, पूर्व मेसु एवम् सभासद डा. विजय कुमार सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य गरेका थिए।