गमक पोष्ट समाचारदाता

सिरहा, १५ मंसिर । जिल्ला प्रशासन कार्यालयले मेला, हाटबजार तथा भिडभाड नगर्न नगराउन सूचना जारी गरेपनि सिरहा–धनुषा छुट्याउने कमला नदीमा यो वर्षपनि उस्तै भिड देखियो । प्रत्यक वर्ष कत्तिके पूणिमाका दिन कमला नदीमा आफ्नो ज्ञान पाको पार्न आउने धामी–झाँक्रीको लर्को उस्तै रह्यो ।
पहेलो धोती र सारी पहिरेका सिकारु धामी–झाँक्रीहरु बेतको लउरो, हुरहुरत्र्ती बलिरहेको माटोको ढकना (भाडा) बोकेका भिड कोरोनाको प्रवाह नगरी कमला पुगेका थिए । उनीहरु ‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी यस्तै यस्तै आ आफनो इष्ट देवता हरुको नाम फालाक्दै मिर्दङ (मादल), झ्याली, ढोलपिपही जस्ता बाजाको तालमा भक्तहरु कर्कश स्वर उत्पन्न गर्दै कमला नदीमा सपथ ग्रहण गर्न पुगेका हुन् ।
कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको आज सोमवार विहान घुघिचो लागेको थियो । सूर्योदयसँगै सोमवार विहानै हजारौँ नव धामीझाँक्री कमला नदीको पवित्र जलमा डुबुल्की लगाई गुरुहरुद्वारा शपथ लिने काम सम्पन्न भएको छ ।

bhut mela.jpg 1.jpg 2
आइतवार रातीबाटै कमलानदी किनारमा भगत (देउता) खेल्नेहरुको घुइाजो लागेको थियो । त्येक भगतासँग रहेका २० देखि २५ को समूह भगतै (भगता) लाई प्रश्न गर्ने गीत गाउने गर्दछन् । आफनो शरीरमा वास बस्न आएका देवतालाई वास वस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री कमला नदीको पवित्रजलमा स्नानगरी सपथकालागी आएका हुन । कमला नदीमा आएर सपथ लिए पश्चात नव धामीझार्कीहरु पाको हुने विश्वास गरिन्छ ।

bhut mela.jpg 1
विवाह गरेको तीन वर्ष भईसक्यो तर अहिलेसम्म बच्चा जन्माउन सकेकी छैनन्, दिनदिनै भूत पनि खेल्छे,’ ‘आफनी २२ वर्षीया वुहारी मालती देवी सदालाई डोर्याएर कमला नदीकिनारमा आहुत सल्काएर भगता नजिक लग्दै गरेकी भारत धनडढीमाई –९ की ५० वर्षिया सासू दुलारीदेवी सदाले भनिन् ।’ कुन जोगिया (भूतप्रेत पाल्ने) ले जादु टुनामुना गरेको छ त्यही देखाउन ल्याएको ।
भगताले झारफुक गरेर बच्चा हुन्छ त ? भन्ने प्रश्नको जवाफमा ती वृद्धाले भनिन् मेरी जेठी छोरीलाई कमलामाईकी कृपाले छोरा भएको छ, त्यही विश्वासले आएकी हु ।’ कात्तिक पूर्णिमाका दिन कमला, गंगा लगायतका पवित्र नदीमा नयाँ भगता (जसको जीउमाथि प्रथमपटक देवताको गात) स्थायी हुने र भगताको गुण (तन्त्रशक्ति चल्ने विश्वास धामीझाँक्रीको छ ।