गमक पोष्ट समाचारदाता

सिरहा, ११ मंसीर । चोहर्वा सिरहा सहायक सडक अन्तर्गत सिरहा नगरपालिका १० पदमपुरमा बस र मोटरसाईकल आपसमा ठोक्किदाँ मोटरसइकलमा सबार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक सिरहा नगरपालिका ११ भलुवाही निवासी २५ वर्षिय देव नारायण कामती र २६ वर्षिय अरुण कुमार कामती रहेको प्रहरीले जनाएको छ ।
सिरहाबाट चोहर्वातर्फ जाँदैगरेको ना ५ ख ५५१८ नम्बरको माँ शेराबाली बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्वरको मोटरसाइकल आपसमा ठोक्किदाँ सो दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते दुबै दुबैजनालाई उचपारको लागि सिरहा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले जनाए ।