गमक पोष्ट समाचारदाता
बर्दिवास, ११ मंसिर । महोत्तरीको बर्दिवास घटनाका विषयमा सर्वदलिय सर्वपक्षिय समिति र जिल्ला सुरक्षा समिति बीच चार बुदे सहमति पछि आन्दोलन तत्कालको लागि स्थतिग हुने भएको छ । आन्दोलनको क्रममा स्थानीय प्रशासनको गाली मृत्यु भएका सञ्जय भनिने बुद्धिराज न्यौपाने घटना विषयमा सत्यतथ्य, निपक्ष छानविन, घाइतेहरुको उपचार तथा उचित क्षतिपूर्ती, बालिका हत्यामा संलग्न व्यक्तिलाई कानुन बमोजिम हदैसम्मको कार्वाही, पीडित परीवारलाई उचित क्षतिपूर्ती व्यवस्था, मृतकलाई सहिद घोषणा र उनको परीवारलाई उचित क्षतिपूर्तीको लागि नेपाल सरकारसँग अनुरोध गर्ने सहमति पछि आन्दोलन स्थगगित हो ।
सहमिती पछिपनि छिटपुट प्रदर्शन र अवरुद्धहरु भने भईरहेको छ । प्रमुख जिल्ला अधिकारी ी कृष्णबहादुर कटुवालले अहिले आक्रोषका कारण केही छिटपुट प्रदर्शन र अवरुद्धहरु भईरहेपनि सर्वदलित सर्वपक्षिय सहमति भएकाले विस्तारै आन्दोलन मथरहुने आशा व्यक्त गरे ।
उनलेभने, ‘हामीले कानूनले मिलेसम्म हदैसम्मको लचिलो भएर गृहमन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरेका छौं, त्यसका बावजुद छिटपुट प्रदर्शन र अवरुद्धहुनु स्वाभाविक हो, सर्वपक्षिय सर्वदलिय निर्णय भएकाले त्यो विस्तारै रोकिनेमा म विश्वास्त छु ।’
अहिले प्रहरी परीचालन गरी गाडी खुलाएको पनि प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।
आन्दालेनकै बिच स्थानीय प्रशासन, सुरक्षा समिति तथा आन्दोलनकारीको तर्फबाट सर्वदलित समिति विच बर्ता भएका थिए । बर्ताले चारबुँदे सहमति गरेपछि तत्काललाई आन्दोलन स्थतिग भएको बुझ्न सर्वदलित वार्ता समितिका एकजना सदस्य राजु खड्काले जानकारी दिए । उनले अहिले यातायातका साधनहरु चल्न सुरुभईसकेको पनि जानकारी दिए ।
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम् बस्तीकी ६ वर्षीय बालिका गुलाब शाह खातुन बलात्कार पछि हत्याको विरोधमा प्रदर्शनमा प्रहरकिो गाली लागि न्यौपानेको मृत्यु भएपछि आज दिनभर बर्दिवास तनावग्रस्त बनेका थिए । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको उलङ्घन गर्दै आज दिनभर प्रहरी र प्रदर्शनकारी विच दिनभर जासो झडप भएका थिए । प्रहरीले भिड तितरवितर पार्न पटक पटक आँसुग्यास प्रहार गरेका थिए ।
आन्दालेनमा प्रहरीले चलाएको गोली लागि तीन जना घाइतेभएका थिए । घाइते मध्ये बुद्धिराज न्यौपानेको उपचारको क्रममा मंगलबार राती १ बजे काठमाडौंको ग्रायिड अस्पतालमा मृत्यु भएको थियो ।