लोकेन्द्र प्रसाद यादव
सप्तरी, १६ कार्तिक । सप्तरीको बोदेबरसाईन नगरपालिकाबाट शुक्रबार तीन जना युवकलाई लागु औषधसहित प्रहरीले पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय बोदेबरसाईनका टोलीले वडानम्वर १० बोदेबरसाईन–विसनपुर सडक खण्डमा सवारीसाधन चेकजाँचको क्रममा लागु औषध सहित दुई युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बोदेबर्साईन नगरपालिका ३ कुशमहारका ३१ वर्षीय नितेश कुमार मण्डल र सोही ठाउँका ३२ वर्षीय सियाराम मण्डल छन् । स ११ प ८२५ नम्वरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडी सवार सियारामले बोकेको झोलाबाट लागुऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए ।
उनका अनुसार झोलाबाट ८ सय ९४ थान नाईट्राभेट–१० ट्याब्लेट बरामद भएको छ । मोटरसाईकलसहित नियन्त्रणमा लिइएको उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक पासवानले जानकारी दिए ।
त्यस्तै, शुक्रबार बोदेबर्साईन नगरपालिका १० खडकपुरका वर्ष ३७ को रंजित कुमार यादवले आफ्नै घरमा संचालन गरेको कुखुरा फार्म र फार्म संगै संचालन रहेको औषधी पसलमा लुकाई छिपाई लागु औषध विक्रीवितरण गरिरहेको सुचनाका आधारमा जिल्ला प्रहरी सप्तरी सादा पोस्कमा खटिएको टोली ई.प्र.का. बोदेबर्साईन र प्रहरी चौकी देउरीबाट खटिएको संयुक्त टोलीले उक्त कुखुरा फार्म र औषधी पसलमा लुकाएर राखेको अवस्थामा १ सय ४४ थान स्पासमो प्रोयभोल ट्याब्लेट, ७० थान नाईट्रोभेट ट्याब्लेट, ३५ थान डाईलेक्स डिसी बोतल, ७ थान डाईजेलप इन्जेक्शन र २ थान नफिङ्ग इन्जेक्शन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । लागुऔषधसहित नियन्त्रणमा लिएको यादवमाथि थप अनुसन्धान भइरहेको छ ।
यता, आईतबार बोदे बरसाईन नगरपालिका १० बाट फेरी एक जना युवकलाई लागुऔषधसहित पक्राउ गरिएको छ । प्रहरी चौकी देउरी टोलीले वडा नम्वर १० स्थित बोदे बरसाईन–विसनपुर सडक खण्डमा नियमित चेकजाँचको क्रममा लागुऔषधसहित एक युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरी जिल्लाको सुरुङ्गगा नगरपालिका ४ मधुपट्टीका १९ वर्षिय नितेस कुमार चौधरीले हातमा बोकेको कालो प्लास्टिक झोला भित्र र पैदल यात्रा गर्दै क्रममा लागुऔषध सहित पक्राउ परेका छन्। पैदल हिँड्ने क्रममा कालो झोलाबाट लागुऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र पासवानले बताए ।
उनका अनुसार झोलाबाट ४५ थान नाईट्राभेट–१० ट्याब्लेट , २एमएलको डिसक्ल्याव १० एम्पुल , २ एमएलको नुफिन १० एम्पुल, २ एमएलको फेनारगन १० एम्पुल लागु औषधसहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पासवानले जानकारी दिए ।