सिरहा, १६ कात्तिक । सिरहाको कर्जन्हामा आफ्नै छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । कर्जन्हा नपा ३ खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले घरायसी विवादमा आफ्नै आमा ८५ वर्षिय सुदामा देवी साहलाई घाँटी थिचि हत्या गरेको हो ।
गत मंगलबार बेलुका घरायसी विवादका क्रममा घाँटी थिची आईते बनाएकी सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराएपनि सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याईको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उपचारकै क्रममा उनको आज अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी एवम् डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।
प्रहरीले कुटपीट गरी घाँटी थिच्ने सुदामाका छोरा राम अवतारलाई प्रहरीले आवश्यक कार्वाहीको लागि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले भने आफ्नै आमालाई बोक्सिको आरोप लगाउँदै कुटपीट गरी मलमुत्र खुवाउने प्रयास गरेको बताइएको छ । रामअवतारले बोक्सीलाई मलमुत्र खुवाएपछि गुण समाप्त हुन्छ भन्दै खुवाउने प्रयास गरेको बताइएको छ । प्रहरीले समयमै खवर पाएपछि उनले मलमुत्रभने खुवाउन पाएका थिएनन् ।