गमक पोष्ट समाचारदाता

सिरहा, १३ कात्तिक । जिल्ला सिरहा विष्णुपुर गाउँ पालिकाका अध्यक्ष पच्छिल्ला दिनहरुमा कार्यापालिकालाई समेत जानकारी नगरी मनमानि ढङ्लेगले काम गर्ने गरेको वाडै नम्वर १ का अध्यक्ष गोविन्दर यादवले आरोप लगाएको छ । कर्मचारी भर्ना, पोखरी ठेक्का, विकास निर्माणका कामममा समेत मनमाना ढङ्गले कामगर्ने गरेको अध्यक्ष यादवले आरोप लगाएका हुन् ।
गाउँ पालिकाको वार्ड नं. १ मा रहेको १६ वटा पोखरीका ठेक्का आफ्न्त, कार्यकता तथा आर्थिक चलखेलको आधार ठेक्का लागाएको अध्यक्ष यादवले पत्रकार सम्मेलन गरी बताएको छ ।
‘मेरै वडाका पोखरीहरु म वडा अध्यक्षलाई समेत जानकारी नदिई, कुनै प्रकृया समेत नपुर्याई, गोप्य ढङ्गले आफ्ना नजीकका तथा कार्यकर्ताहरुलाई कौडीको भाउमा पोखरी जिम्मा लगाएको छ ।’ उनलेभने, ‘हडियाबाला पोखरी यस अघि वार्ड नं. १ कै भोगेन्द्र प्रसाद यादवले ३ वर्षको लागि ८ लाख ७५ हजार रुपैयाँमा ठेक्का लिएकाको भएपनि ०७७÷०६÷०७ गते सोही व्यक्तिलाई ५ वर्षको लागि रु ५ लाख, ८५ हजार, ५ सय ५ रुपैयाँमा दिएको छ ।’
त्यसैगरी, गौरीपुरको पुलकित घर नजिकको पोखरी ३ वर्षको लागि ४ लाख भन्दा बढी मूल्यमा ठेक्का लागेपनि, सोही पोखरी अहिले ५ वर्षको लागि पुरानो ठेक्का दरभन्दा कम रेटमा लागेको छ । अमानत पोखरी गौरीपुर पनि ३ वर्षको लागि ३ लाख भन्दा बढीमा लागेको थियो अहिले ५ वर्षको लागि २ लाखमा लगाएको छ । हरिनगराको पोखरी १३ लाखमा ३ सालको ठेक्का लागाएकोे थियो, अहिले त्यो पोखरी ६ लाखमा ५ वर्षको लागि ठेक्का लगाएको छ । साथै गापाले वडाका मोटो रकमको बजेट समेत वडा कार्यलयलाई बेवास्ता गरी गोप्य तरिकाले गाँपा अध्यक्ष स्वमले चलाउने गरेको र कयसैगरी वार्ड नम्वर १ मा रहेको सवै पोखरीहरु पुरानो ठेक्का दरभन्दा कम मूल्यमा लगाएको छ ।
यसरी सवै पोखरीहरु पुरानो दरभाउ भन्दा कम रेटमा ठेक्का लगाएकोले आर्थिक चलखेल भएको स्पष्ट भएको अध्यक्ष यादवले बताए । उनलेभने, ‘हरेको बस्तुको मूल्य बढी रहेको छ, ठेक्काको दर रेटपनि बढ्दै जानुपर्ने हो तर यहाँ सवै कम मूल्यमा लगाएको छ ।’
वार्ड कार्यालयले आफ्नो क्षेत्रमा रहेको पोखरी कुन प्रकृयाले, कसलाई र कति दरमा ठेक्का लगाएको हो भन्ने विवरण माग गर्दा पनि नदिएको उनले जनाए । अध्यक्ष यादवले पटक पटक सूचना माग गर्दा पनि हाल सम्म सूचना नपाएको बताए । सूचनाकै लागि पनि आफू जिल्ला प्रशासन कार्यालयसम्म पुग्नु परेको सुनाए ।
यतिमात्र हैन गाउँ पालीका अध्यक्ष जागेश्वर यादवले कर्मचारी र शिक्षक भर्नाको नाममा कार्यकर्ता भर्ति केन्द्र बनाएको छ । कुनै सूचना तथा जानकारी विनै कुनै प्रकृया नअपनाई १२ जना शिक्षक र १९ जना कार्यालय सहयोगी र चौकीदार समेत भर्ना गरेको अध्यक्ष यादवले जानकारी दिए । तलव सुविधा दिने गरी २ जना पीए र कानुनी सल्लाहकार नियुक्त गरेका छन् ।
कार्यकर्ता व्यवस्थापन गर्ने नाममा जङ्गल नभएको यो पालीकामा २ जना वनपाले नियुक्त गरेका छन् । उनीहरुलाई वन पाले भनेर नियुक्त गरेपनि अन्य कार्यमा लगाएको बताइएको छ ।
सवै भर्ना प्रकृयाको विषयमा कार्यपालीकामा निर्णय गराएको छैन । हामीलाई नियुक्तिको विषयमा जानकारी समेत नदिई म जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिलाई समेत गुमराहमा राखेको छ ।
म यस्तो प्रकृयाको घोर निन्दा गर्दै शिक्षक कर्मचारी भर्ना, पोखरी ठेक्का र विकास निर्माण लगायतका कार्यहरुलाई पनि विधि र प्रकृया अपनाएर कार्य अगाडी बढाउन मागँ गर्दछु । यस्तो खालको कार्यले कानूनी राज्यको उपहास् गरेको भन्दै यस्तै अवस्था दोहरी रहे सवै कारोवार ठक्क हुनेगरी कार्यालय घेराउ र तालाबन्दी गर्ने समेत अध्यक्ष यादवले बताए ।