गमक पोष्ट समाचारदाता
अछाम १० कात्तिक । नदीमा नुहाउने क्रममा डुबेर अछाममा युवतीको मृत्यु भएको छ । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीकी करिव २१ वर्षकी हेमन्त बयकको बुढीगंगा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
सोमबार विहान दशैँको टीका लगाउनु अघि नुहाउन गएकी युवती नदीको भंगालोमा परी बेपत्ता भएकी र पछि शव भेटिएको अछामका प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए । । किशोरीको शव मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाको सीमा क्षेत्र चित्रे नजिकै भेटिएको हो । शव पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।