गमक पोष्ट समाचारदाता
सिरहा, १० कात्तिक । महिला, वालवालिकातथा जेष्ठ नागरिक मन्त्री लिलानाथश्रेष्ठले अपांगता भएका व्यक्तिलाई सवलाङ्कलाई जस्तै क्रियाशिल बनाउने गर्ने गरी मन्त्रालयले काम अगाडि बढाइसकिएको बताएको छ । सिरहाको गोलबजारमा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल र असहाय सेवा सदन भवननिर्माणको सोमबार शिलान्यास गर्दै अव फरक क्षमता भएका व्यक्तिहरुलाई अवसरको सृजना गरिने बताएका हु्न् ।
फरक क्षमता भएका कारण समाजमा अपहेलित व्यक्तिलाई विभिन्नखालेका आयआर्जन तथा सीपमुलक तालिमहरु दिई आत्मनिर्भर बनाउने मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले अरुको आश्रयमा बस्नुपर्ने बाध्यता भएका व्यक्तिहरुलाई जीवननिर्वाह गर्ने गरी कार्ययोजनाबनाउन मातहतका कार्यालयलाई निर्देशन दिइसकिएकाले चाँडै काम अगाडि बढिन बताए ।
‘अपांगता भएकाव्यक्तिको जीवननिर्वाह, महिला हिंसा, वालवालिकाले उच्च शिक्षाहासिल, बृद्धबृद्धाले सम्मानपूर्वक वाँच्ने अधिकार लगायतका विषयमा काठमाडौं जाने वित्तिकै विषय विशेषज्ञसँग गहन छलफल गरी समस्याको सहि समाधान खोज्छांै,’ मन्त्री श्रेष्ठले भने ।
शिलान्यास भएको अस्पताल र असहाय वृद्ध सेवा सदन भवननिर्माणले यस भेगका बासिन्दाले राहात महसुस गर्ने बताए । साथै छिमेकी नगरपालिका, गाउँपालिकालाई समेत सहयोग पुग्ने मन्त्रीश्रेष्ठले बताए ।
अस्ताल र सेवासदन निर्माणको लागि करोडौ.को जग्गा दान
गोलबारका व्यवसायी तथा समाजसेवी दाजुभाईहरुले अस्ताल तथा असाय वृद्ध सेवा सदन निर्माणको लागि करोडौं मूल्यको जग्गा दान गरेका छन् । गोलबजार नगरपालीका ७, चोहर्वाका बुवा स्वर्गीय शिवनाथ र आमा स्वर्गीय सन्तमाया श्रेष्ठको स्मृतिमा छोराहरु केदार श्रेष्ठ, हिरालाल श्रेष्ठ, मोती श्रेष्ठ, जवाहरलाल श्रेष्ठ र डा. विष्णु श्रेष्ठलाई मन्त्री श्रेष्ठले १५ शैयाको सुविधासम्पन्न अस्पताल निर्माण्को लागि १५ कठ्ठा १० धुर र असाय वृद्ध सेवा सदन निर्माणको लागि ७ कठ्ठा १० धुर जग्गा दन गरेका हुन् ।
स्थानीय मूल्य अनुसार करिव ९ करोड मूल्यको जमिन रहेको वडा अध्यक्ष जगत श्रेष्ठले जानकारी दिए ।
दाताहरुलाई मन्त्री श्रेष्ठ र गोलबजार नगरपालीकाका मेयर देवनाथ साहले सम्मान पत्र प्रदान गरेका थिए । उनीहरुले यस अघिपनि विद्यालय, स्वास्थ्य चौकी लगाएत अन्य संघ संस्थाहरुलाई पनि जग्गा दान गरेका थिए ।