भारतको बिहारमा चुनाव प्रचार गरिरहेका जनता दल राष्ट्रवादीका उम्मेद्वारको गोली हानी हत्या गरिएको छ । बिहार राज्यको शिवहर जिल्लामा हाथरस गाउँमा विधानसभाका लागि चुनाव प्रचारमा रहेका श्री नारायण सिंहको शनिबार गोली हानी हत्या भएको हो ।
बीबीसी हिन्दी सेजाले जनाए अनुसार सिंहलाई गोली हान्नेको पनि उनका समर्थकले कुटेर हत्या गरेका छन् । शिवहरका एसपी सन्तोष कुमारका अनुसार ती आक्रमणकारीलाई घाइते अवस्थामा अस्पताल पुर्याएपनि उनको अस्पतालमै मृत्युभएको जनाएको छ ।
गोली चलाउने ती व्यक्तिको परिचय खुलेको छैन । बिहारमा तीन चरणमा विधानसभा चुनाव हुँदैछ । पहिलो चरणको चुनाव २८ अक्टोबरमा हुँदैछ ।