गमक पोष्ट समाचारदाता
सिरहा, ८ कात्तिक । नव नियुक्त महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले प्रदेश नं.२ मा विभिन्न बहानामा महिलामाथि विभिन्न किसिमका हिंसा बढिरहेकोले निकट भविष्यमै महिला हिंसा गर्नेलाई कडा भन्दा कडा कानून बनाउने प्रक्रियामा लागि सकिएको बताएको
छ ।
सिरहाको धनगढीमाई नगरपालिकाले शनिवार आयोजना गरेको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले एसिड आक्रमण गर्ने दोषीलाई कार्वाही गर्ने कानुन बनाए सरह सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा महिलामाथि हुने विभिन्न खाले हिंसा हिंसा विरुद्ध कडा कानुन बनाउने बताएका हृन् ।
छोराछोरी नभएका बृद्धबृद्धाहरुका लागि लागि सरकारले व्यवस्था मात्र गरिएकाले यसतर्फ सबै छोराछोरीले सचेत हुनुपर्ने वताउनुहुँदै मन्त्री श्रेष्ठले छोराछोरीलाई जन्माउने बुवा आमालाई बृद्धाश्रममा पठाउनुको सट्टा जन्मदाताको हिसावले छोराछोरीले सम्मानपूर्वक आमाबुवालाई पाल्नुपर्ने वताए ।
विशेष गरी तराई मधेशमा छोरा र छोरीलाई भेद्भाव गर्ने प्रचलन रहि आएकोले त्यसलाई तोड्नको लागि कम्तिमा आठ कक्षासम्म नपढाउने आमा बुवालाई वृद्ध भत्ता लगायतका सरकारी सुविधा नदिने कानुन समेत बनिसकेकोले अबका दिनमा त्यस्ता खाले भेद्भाव विस्तारै हट्दै जाने मन्त्री श्रेष्ठको भनाई रहेको छ ।
आफू सिरहा क्षेत्र नं. ३ को सांसद् भए पनि सबै क्षेत्रलाई विकासको प्रक्रियासँगै लाने प्रतिबद्धता जनाउँदै धनगढीमाई नगरपालिका वडा नं. १४ स्थित राईराईनीस्थित चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव हुनुभएको राजनैतिक ऐतिहासिक स्थल बनाउनको लागि आफू सक्दो पहल गर्ने बाचा गरे ।