गमक पोष्ट समाचारदाता

जनकपुर, ७ कात्तिक ।सबैला नगरपालिका १०, खरियनीका राजेश कापरका क्यान्सपीडित ३ बर्षीय छोरा रितेश कापरको उपचारका लागि मनकारी संस्थाले सहयोग गरेको छ । रोजगारीको सिलसिलामा वैदेशिक रोजगारमा रहेका युवाले बालकको उपचारको लागि संकलन गरी जय माँ जानकी समाज सेवा नेपालमार्फत ४१ हजार ५ सय रुपैयाँ सहयोग प्रदामन गरेको हो ।
क्यान्सर पीडित रितेश उपचारको क्रममा काठमाडौं स्थित कान्ति बाल अस्पतालमा छन् । क्यान्सरजस्तो घातक रोगबाट पीडित बालकलाई उपचारको लागि वैदेशीक रोजगारीमा रहेको युवाहरुले सहयोग पठाएको समाजका अध्यक्ष ललित कुमार कामतिले बताए ।
आर्थिक अवस्था कमचार भएको र उपचारको खर्च परीवारले धान्न नसक्ने भएपछि उनलाई सहयोगहरुले सहयोग प्रदान गरेको हो । रितेशको उपचारका लागि जनप्रतिनिधि राजनीतिक दल र समाजका अगुवाहरुको उपस्थितमा प्रमुख अतिथि पत्रकार मुकेश यादवले रकम हस्तान्तरण गरेका थिए ।