गमक पोष्ट समाचारदाता

लहान ४, कार्तिक । ग्लोवल आईएमई बैंकले शाखा रहित बैंकिङ् सेवा सिरहाको कल्याणपुर नपा– ५ मा सुरु गरेको छ । पूर्वपश्चिम लोकमार्ग
अन्तर्गत मिर्चैया देखि करिब १५ किलोमीटर दक्षिण भेगमा पर्ने चिकना बजारमा सो सेवा संचालनमा आएको हो । स्थानीय बासीलाई सेवालिन दुरदराज शहर जानुपर्ने बाध्यता अन्त्य गर्ने उदेश्यले गाउँमै बैंकिङ्ग सेवा प्रवाह गरेको बैंकले जनाएको छ ।
बैंकको उद्घाटन प्रदेश नम्बर– २ सरकारका उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मण्डलले रिवन काटेर गरेपछि बैंकिङ्ग सेवा बिधिवत रूपमा सुरुभएको हो । मन्त्री मण्डलले ग्रामीण क्षेत्रमा संचालन बैंकको सेवालाई प्रगतिको कामना गरे ।
मन्त्री मण्डलले यो भेगमा किसानको बाहुल्यता भएकाले कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई आग्रह गरे । समाजमा घुलमिल गरि सामाजिक सेवाको क्षेत्रमा समेत काम गर्न आग्रह गरेका छन् । किसानसंग चर्को ब्याज नलिई उत्पादनको क्षेत्रमा जोडतोड रुपमा काम गर्न मन्त्री मण्डलले बैंकलाई आग्रह गरे ।
सोही क्रममा नेपाल नेपाल पत्रकार महासंघ सिरहा सभापति दिनेश्वर प्रसद गुप्ताले यस भेगका जनताका लागि बैंकिङ्ग सेवा आवश्यक महसुस भएको कारण सहज र सरल तरिकाले सेवा दिन शुभकामना दिए । युवालाई नेपालमै रोजगारी दिन कृषि क्षेत्रमा प्रोत्साहन गर्न उनले आग्रह गरे ।
वडा नम्बर – ५ का वडा अध्यक्ष दिपेन्द्र यादव बरबरियाले चुनाव प्रचार प्रसार गर्ने क्रममा यस भेगका नागरिकलाई बैंकिङ्ग सेवा दिने प्रतिवद्वता अनुरुप प्रतिवद्वता पुरा भएकोमा आफु खुसी भएको बताएका थिए । त्यसैगरी वडा नम्बर–६ का वडा अध्यक्ष मोतिबुल राईनले भने वडा नम्बर– ५ चिकना र वडा नम्बर– ६ भोक्राहा संगै जोडिएको वडा भएकोले विशेष गरी दुवै वडाका नागरिकले बैंकको सेवाबाट प्रत्यक्ष फाईदा लिने बताए ।
मा जलपा ईन्टरप्राईजेज कल्याणपुर नगरपालिका वडा नम्बर– ६ द्वारा संचालित शाखा रहित बैंकिङ्ग सेवामा समय अनुसार नायाँ नायाँ सुविधाहरु आउने गरेको संचालक किरण कुमारी साहले बताइन् । शाखा रहित सेवाबाट एक दिनमा एउटा ग्राहकले ५० हजार रकम मात्र झिक्न सक्ने र ३ लाख सम्म डिपोजिट गर्न सक्ने बताए । मेरी उनी लाई सेवा मुद्वती बचत लगायत धेरै प्रकारको सुविधा यस बैंकको रहेको जानकारी दिए।