गमक पोष्ट समाचारदाता
सिरहा, ४ कात्तिक । कोभिड १९ को जोखिमका कारण पोषणयुक्त आहारको अभाव झेलिरहेका करिव सय सुत्केरी तथा गर्भवत्ति महिलाको घरपरीवारालाई भोभिड किट सहितको पोषणयुक्त खाद्यान्न राहत प्रदान गरेको छ । ‘आपतकालीन प्रतिकार्य परियोजना’ अन्तर्गत एक्सनएड, नेपाल र स्टेन्डर्ड चार्टर बैंको साझेदारीमा लहान तथा धनगढीमाई नगरपालीकासँगको समन्वयमा दलित जनकल्याण युवा क्लवले यहाँका १३ सय ५० जना सुत्केरी तथा गर्भवत्तिहरुलाई पोषणयुक्त खाद्यान्न र कोभिड किट राहत वितरण गरेको हो ।
लहान नगरपालीकाको ११ नम्वर वडा पडरीयामा राहत हसतान्तरण गर्दै नगर उप–प्रमुख सरियार चौधरीले कोभिड १९ को बेलापनि नानीहरुलाई जन्म दिने गर्भमाबोक्ने महिलाहरुलाई पोषण्युक्त राहत दिएर दाताले सराहनिय कार्य गरेको बताए । उनले आफ्नो नगरक्षेत्रमा नगरपालीकाले पनि राहत दिएको बताउँदै यस्ता खालका सहयोगले पनि गरिव विपन्न तथा दलितहरुलाई राहत भएको बताए ।
उप मेयर चौधरीले कोभिडको समयमा सहज रुपले आय आर्जन गर्न नकिरहेकाले सुत्केरी तथा गर्भबत्ति महिलाको लागि यो राम्रो उपहार भएको बताए । उनलेभने, ‘महामारीको समयमा सवै अभिभावकले राम्रो रोजगारी गर्न सकिरहेको छैन, यस्तो बेला उनीहरुलाई पोषणयुक्त खाना प्राप्त गर्नु मुस्किल नै हुन्छ । त्यसमाथि दशैंको मुखमा राहत दिएर दाताले असल काम गरे ।’
धनगढीमाई नपा १३ का वडा अध्यक्ष सूर्यमान तामाङ्ले आफूले जुनसुकै संघसंस्थाबाट आएका वा नगरबाट प्राप्त राहत पाउनु पर्ने व्यक्तिहरुलाईमात्र सिफारिस गरेको बताए । उनले यो राहत पनि उपयुक्त समयमा आएको भन्दै संस्थाले चाहेजस्तै सुत्केरी र गर्भवत्तिहरुलाई मात्र दिइएको बताए ।
एक्सनएड, नेपालका प्रदेश प्रमुख शिवनारायण चौधरीले स्थानीय साझेदार संस्थाको बुझाई र माँगको आधारमा ‘आपतकाली प्रतिकार्य परियोजना’ तयार पारीएको बताए । उनले वितरण कार्यमा सहभागी हुँदै भने, ‘यो परियोजना साँचिकै लाभदायक भएको छ, कोभिडको समयमा यसले भर्ववत्ती र सुत्केरी महिलालाई राहत मिलेको महसुस गरेको छु ।’
सिरहाका दुई नगरपालीका लहानका ६ वडा र धनगढीमाई नगरपालीकाका ६ वडामा १३ सय ५० जना सुत्केरी तथा गर्भपत्ति परिवारलाई राहत हस्तान्तरण गरिएको क्ववका अध्यक्ष उमेश विशुन्केले जानकारी दिए । उनले महामारीको वेला हामीले ग्रामिण भेगमा भोगेको भोगाईको आधारमा दातासँग समन्वय गरी महामारीका चपेटामा परेका सुत्केरी तथा गर्भवत्तिलाई राहत उपलव्ध गराएको बताए ।
स्थानीय सरकार, स्वास्थ्य स्वयसेवीकाहरुको समन्वयमा सुत्केरी तथा गर्भवत्तिको छनौंट गरिएको संस्थाका कार्यकारी निर्देशक विनोद कुमार विशुन्केले बताए । उनले लहान ११ का ७८, १२ का एक सय २, १२ का एक सय ४४, १४ का ८८, २२ का एक सय ८ र २४ वडाका एक सय ५८ जना सुत्केरी तथा गर्भवत्ती महिलाई सहयोग प्रदान गरिएको जनाए ।
त्यसैगरी, धनगढीमाई नपाको ९ का ९८, १०का ९७, ११ का एक सय ९६, १२ का २ सय १३, १३ का एक सय १२ र १४ वडाका ५६ जनालाई राहत उपलब्ध गराएको बताए ।
केके दिए राहत
एक जना सुत्केरी तथा गर्भवत्तीलाई पोषणयुक्त राहत स्वरुप २५ केजी चामल, गहुँको पिठो ५ केजी, सर्वोत्तम पिठो ४ सय ग्रामको एक प्याकेट, मसुरोको दाल २ केजी, गेडागुडी एक केजी, नुन १ केजी, धरा तेल १ लिटरका दरले उपलब्ध गराएको छ । कोभिड किटको रुपमा एक थान डीजीटल थर्मोमिटर, हात धुने, नुहाउने सावुन उपलब्ध गराएको छ । संस्थाले ढुवानी खर्च सहित एक व्यक्तिलाई ३ हजार ४ सय ८५ रुपैयाँ बरावरको सामग्री उपलब्ध गरेको जनाएको छ ।