काठमाडौं, ३ कात्तिक । कोभिड १९ को जेखिम झन तिव्ररुपमा बढि रहेको र दशैं, तिहार, छठ तथा नेपाल सम्वतजस्ता पर्वका बेला भिडभाड बढ्न सक्ने भन्दै गृह मन्त्रालयले सीडीओ र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।
कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो ।
गृहले चाडबाडको बेलामा मानिसको आवत जावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सीडीओ र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ ।
चाडपर्वलाई व्यवस्थित बनाउन र आपूर्ति प्रणाली सहज बनाउन निर्देशन दिइ सकिएको पनि गृहले आज जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
विज्ञप्तीमा चाड पर्वको वेला हुन सक्ने कालो बजारी, कृत्रिम अभाव जस्ता वियालाई नियमन गरि सहज आपूर्ति गर्ने भुमिका निर्वाह गर्न निदेर्शन गरिएको छ ।