गमक पोष्ट समाचारदाता
सिरहा, २ कात्तिक । सिरहाको दक्षिणवर्ती गाउँ पालिका बरियारपट्टीको चौथो गाउँ सभा विवादका विच सम्पन्न भएको छ । उपाध्यक्ष र दुई जना वडाअध्यक्षको असहमतिको बावजुत आज आइतबार समपन्न आर्थिक बर्ष ०७७÷७८ गाउँ सभाबाट ५१ करोड ८७ लाख ६८ हजार २ सय चौबीस रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष सन्तोष महतोको अनुसार आन्तरिक श्रोत बाट १ करोड ५५ लाख, संघीय सरकारको वित्तीय समानिकरण अनुदानको ९ करोड ६३ लाख, संघीय सरकारको सशर्त अनुदानको १७ करोड २ लाख, संघीय सरकारको विशेष अनुदानको १ करोड ५० लाख, संघीय सरकारको राजस्व बाँडफाँडको ६ करोड ४२ लाख, प्रदेश सरकारको वित्तीय समानिकरण अनुदानको ७१ लाख ५० हजार, प्रदेश सरकारको सशर्त अनुदान ८० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख, प्रदेश सरकारको सम्पुरक अनुदानको २० लाख, सामाजिक सुरक्षा भत्ता वापत ३करोड ५५लाख ३७ हजार, बहुक्षेत्रीय पोषण कार्यक्रमको १० लाख ३० हजार, सौर्य उर्जा कार्यक्रमको ८लाख र गत बर्षको आल्या रकम १० करोड ५१ हजार २ सय २४ गरी जम्मा ५१ करोड ८७ लाख ६८ हजार २सय चैबिस रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष महतोले किसानको लागी सिचाइ निःशुल्क गरिने घोषणा समेत गरेको छ । उनले गाउँ पालीकाका सवै किसानलाई खेतिको लागि निःशुल्क सिचाई उपलब्ध गराउने बताए ।
उपाध्यक्ष खा कुमारी यादवले यो गाउँ सभा अहिलेलेलाई स्थगित भनेपनि अध्यक्षले सभा सम्पन्न भएको जनाएको छ । उपाध्यक्ष यादवले अझै केही विषयहरुमा सरसल्लाह बाँकी रहेको भन्दै अहिलेलेलाई स्थतिगत भएको बताए ।
उपाध्यक्ष तथा वडा अध्यक्ष ४ का नविन यादव र वडा नं. १ नेवालाल यादवले योजना तर्जुमामा आफूहरुलाई जानकारी नदिई एक्कासी गाउँ सभा बोलाएको भन्दै असहमति जनाउँदै आएको छ । उनीहरुले शुक्रवार पनि गाउँ पालीकामा ताला बन्दि गरेको थियो ।