गमक पोष्ट समाचारदाता
सिरहा, १ कात्तिक । प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई सिरहाको लहान नपा १९छरापट्टीबाट शुक्रवार राती पक्राउ गरेको छ । पोशाकमा खटिएको प्रहरीले सिरहा नपा १३ का रविन्द्र यादवलाई लहान नपा १३ छरापट्टीबाट पक्राउ गरेको हो ।
चोरी मुद्दामा कारारारमा रहेका उनको साउन २५ गते पीसीआर संकलन गरी २८ गते आएको रिपोर्टमा पोजेटिभ देखिएपछि उनलाई धनगढीमाई नपा ११ मा रहेको महेन्द्र गेनाई विशेष कोरोना अस्पतालमा राखिएर उपचार भईरहेको थियो । उपचारकै क्रममा उनी भदौ ९ गते बेलुका शौचालयको झ्या फोडी भागके थीए ।
फरार यादवलाई विहिवार बेलुका पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।