गमक पोष्ट समाचारदाता
सिरहा, २८ असोज । कुनैपनि मानिसले शिप सिकेर त्यसको व्यवहारमा उतार्न सकेमात्र त्यसको सार्थकता हुने गोलबजार नगरपालीकाका मेयर देवनाथ साहले बताए । गोलबार उद्योग वाणिज्य संघको सभाहलमा आयोजित हात धुने झोल सावुन वनाउने तालिमको उद्घाटन गर्दै युवा तथा महिलाहरुलाई तालिमको आवश्यकता भएको बताउँदै तालिम लिएपछि शिपलाई उधममा उतार्न सक्नुपर्ने बताएको हो ।
मेयर साहले कोभिड –१९ ले विश्वनै आक्रान्त बनाएको हुँदा हामीपनि त्यसबाट प्रभावित भईरहेको बताए । ‘कोरोनाले धेरै मानिसको व्यवसाय, रोजगारी धरापमा पर्दै छ, यस्तो वेलामा यो तालिम अत्यन्तै महत्पूर्ण छ,’ भन्दै मेयर साहले भने, ‘कोभिड–१९ ले हामीलाई जवरजस्त रुपमा सरसफाईमा ध्यान दिनुपर्ने कुरा सिकायको छ, यस्तो वेलामा झोल साबुन प्रयोगको धेरै महत्व भएकोले यो तालिम समय सान्दर्भिक छ ।’

hbcc 7


उनले तालिमबाट सिकेका प्रशिक्षार्थीहरुले उत्पादन गरेको झोल सावुनको बजार राम्रो रहेको बताए । मेयर साहले थोरै बजार व्यवस्थापनमा ध्यान पुर्याउन सके यसले राम्रो बजार लिन सक्ने जनाए । उनले नगरपालीकाले शिप विकास भएका असल प्रशिक्षार्थीहरुलाई नगरले पनि रोजगारी दिनसक्ने अवस्था रहने जनाए ।
वाटर एड नेपालको आर्थिक र प्राविधिक सहयोग, दलित जनकल्याण युवा क्लब लहान–१० सिराहाको सहजीकरण र गोलबजार नगरपालिकाको समन्वयमा संचालित ‘स्वच्छता व्यवहार परिवर्तन परियोजना’ अन्तर्गत गोलबजार नगरपालिकपालिकामा ‘हात धुने झोल सावुन बनाउने’ तालिमको आयोजना गरेको हो ।
तालिमको अध्यक्षता क्लवका अध्यक्ष उमेश कुमार विशुन्केले तालिममा उपस्थित सहभागीहरुलाई सफलताको कामना व्यक्त गरे । तालिम सफलताको कामना गर्दै उनले संस्थाले तालिमबाट आफूहरुले उत्कृट व्यवसायीहरु उत्पादन गर्ने लक्ष्य लिएको पनि सुनाए । उनलेभने, ‘हाम्रो संस्थाले कोभिडको समयमा सरसफाईको महत्व र आवश्यकताबारे जनसमुदायलाई बुझाउँदै आएका छौं, सरसफाईको लागि सावुन अति आवश्यक भएकोले हामीले यसको आवश्यकता र उपयोग बुझाउँदै स्थानिय स्तरमै उत्पादन गर्न सघाउन लागेका हौं ।’

hbcc 5


तालिमको कोभिड १९ को बारेमा गोलबजार नगरपालीकाका स्वास्थ्य संयोजक सरोज कुमार कर्णले सहजी करण गेरेका थिए । कोरोनाको प्रभाव, असर र वच्न सकिने उपायहरुबारे सहभागीहरुलाई जानकारी कर्णले जानकारी गराएका थिए ।
तालिमको उदेश्य र आवशयकता बारे परियोजना संयोजक किरण ढुङ्गानाले प्रस्ट पारेका थिए । भोल साबुन बनाउने तालिमको सहजीकरण प्रशिक्षक मदन फूँयालले गरेका थिए ।
गोलबजार नगरपालीकाका १३ वडाबाट २ जनाका दरले २६ सहित ३० जना सहभागिता रहने आयोजकले जनाएको छ । कोरोना प्रकोपलाई मध्येनजर गर्दै प्रत्यक दिन १० जना प्रशिक्षार्थिहरुलाई तालिममा सहभागी गराएको छ । तालिम भोली बुधबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।