गामक पोष्ट समाचारदाता
सप्तरी, २७ असोज । जनता समाजवादी पार्टीकी नेतृ तथा प्रतिनिधिसभाका सदस्य रेणु यादवसहित अमाज एकै दिन सप्तरीका ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको पीसीआर परिक्षणमा प्रतिनिधिसभा सदस्य यादवसहित उहाँकी बुहारी र सबारी चालकमा कोरोना संक्रमण पुष्टी भएको हो ।
यसअघि हिजो मात्रै नेतृ यादवका छोरा तथा प्रदेशसभा सदस्य अभिषेक यादवमा कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमति सबै होम आईसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यस्तै मालपोत कार्यालय सप्तरीका थप ४ जना र जिल्ला प्रशासन कार्यालय सप्तरीका एक कर्मचारीमा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
त्यस्तै राजविराज नगरपालिकाको बिभिन्न वडाका ११ जना महिला र २५ जना पुरुषसहित ३६ जनामा समेत आजै संक्रमण पुष्टी भएको जनाएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय४३ पुगेको छ ।