गामक पोष्ट समाचारदाता

सिरहा, २६ असोज । कोरोना कहरबीच सिरहामा नयाँ उद्योग दत्र्ता गराउने क्रम बढे्सँगै घरेलु तथा साना उद्योग कार्यालयमा भिड बढ््दै गएको छ ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन खुलेसँगै घरेलु तथा साना उद्योग कार्यालय लहानमा नयाँ उद्योग दत्र्ता तथा नविकरणका लागि आउनेको संख्या ह्वातै बढ्ेपछि यतिबेला कार्यालयमा थामि नसक्नु भिड बढ्ने गरेको कार्यालय प्रमुख दिपेन्द्र कुमार यादवले जानकारी दिए ।
यस्तै बैंक तथा बित्तिय संस्थाहरुले घरेलु तथा साना उद्योगहरुमा सहज रुपमा ऋण लगानी गर्न थालेकाले पनि नयाँ उद्योग दत्र्ता गराउने क्रम बढ्ेको प्रमुख यादवले बताए ।
असोज १ गतेदेखि २५ गतेसम्ममा १९० वटा नयाँ उद्योग दत्र्ता भएको सो कार्यालयले जनाएको छ । जसमध्ये अधिकांश कृषी तथा वनजन्य उद्योगहरु रहेको प्रमुख यादवले बताए । यस्तै ३०० भन्दा बढी बाणिज्यतर्फका व्यवयासी दत्र्ता भएको सो कार्यालयले जनाएको छ ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन खुलेसँगै उद्योग दत्र्ता तथा नविकरण गराउन आउने सर्बसाधारणहरुको कार्यालयमा भिड बढ्दै गएको प्रमुख यादवको भनाई छ । कोरोना कहरकै बीच सर्बसाधारणहरुको भिड बढ्दै गएपछि जोखिमसँगै सेवाप्रवाहमा समेत समस्या भईरहेको जनाएको छ ।
“विहानैदेखि कार्यालयमा सेवाग्राहीको भिड हुन्छ” प्रमुख यादवले भने,“ एकैपटक भिड लाग्ने गरेकाले सेवाग्राहीहरुलाई भ्याई नभ्याई राती ७ बजेसम्म पनि सेवा उपलब्ध गराउँदै आएका छौं ।” कार्यालयमा भिडभाड बढ्न नदिन दिन (वार) अनुसार स्थानीय तहका सेवाग्राहीहरुलाई सेवा दिने तालिका बनाएको प्रमुख यादवको कथन छ ।