मुकेश यादव

सिरहा, १७ असोज । विज्ञान, प्रविधि तथा शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले कोभिड–१९ को जोखि उच्च रहेकोले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाउने वातावरण अझै नरहेको बताएको छ । सिरहाको गोलबजारमा शनिवार जयगोविन्द साह पोलिटेक्निकल इन्सिच्युटको उद्घाटन गर्दै मन्त्री पोखरेलले शिक्षण शिकाईको वैकल्पिक उपाय अपनाउनुपर्ने बताएका हुन् ।
भारतमा संक्रणको संख्या दिनदिनै बढिरहेकोले नेपालमा त्यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले हामीले चाहेरमात्र पनि कोभिड १९ नियन्त्रण गर्न नसकिने बताए । उनलेभने, ‘हाम्रो भु–बनोटका कारण र चाडपर्व नजिकिदै गरेकोले संक्रमण जोखिम उच्च छ, यस्तो वेलामा विद्यार्थी विद्यालयमा भेला गरेर पढाउन सकिन्न ।’

gigiraj 2
सिरकाका कतिपय पालीकाहरुमा विद्यालय खुलेको समाचारहरु आफूले पढेको सुनेको भन्दै खुलेको भए तत्काल त्यस्ता विद्यालयहरुले विद्यार्थीभेलागर्न रोक्नु पर्ने बताए । उनलेभने, ‘विद्यालयमा विद्यार्थी ल्याएर पढाउनेमा नजानुस्, वैकल्पीक उपायको प्रयोग गर्नुहोस् ।’
सोही क्रममा मन्त्री पोखरेलले आज २० प्रतिशत विद्यार्थीको प्राविधिक तथा वैज्ञानीक शिक्षामा पहुँच रहेको बताए । सरकारको ७० प्रतिशत विद्यार्थीले सहज रुपमा प्राविधिक शिक्षा हासिल गर्न पाउन भन्ने उदेश्य लिएको बताए ।
उनले त्यही उदेश्य अनुसार अहिले गाउँ गाउँका सामुदायीक विद्यालयमा प्राविधिक धारका विद्यालयहरु सञ्चालन अनुमति दिएको बताए । उनलेभने, ‘सरकार धेरैभन्दा धेरै विद्यार्थीले शिपमुलक शिक्षा पाउन भन्ने पक्षमा छ, त्यसैले आजसम्म देशका ६ सय ४५ पालिकाहरुमा प्राविधक धारको शिक्षा पुर्याएका हौं ।’
सोही क्रममा उनले प्राविधिक शिक्षाको स्तरोन्नतीको लागि प्रयोग शाला र दक्ष शिक्षकहरुको जरुरी रहने बताए । उनले भने, ‘यो कालो पाटीमा पडाउने विषय होइन, यसको लागि प्रयोग शाला र दक्ष शिक्षक चाहिन्छ ।’

gbr

उनले सरकारले अहिले धेरैभन्दा धेरै विद्यालयहरुलाई प्राविधि शिक्षाको अनुमति दिएको बताउँदै यसको उचित व्यवस्थापन नहुँदा भोलिको दिनमा कालोपाटीमा पढाउने शिक्षामा परीणत हुने डर रहेको पनि बताए । उनलेभने, ‘अहिले सरकारले विद्यार्थीको सहज पहुँच होस् भनेर अनुमति दिएका छौं, यो प्रयोगात्मक शिक्षा भएको भन्दै खेतखलियान र काराखानामा पढाउने विषयहो । तर, मलाई १० वर्षपछि यो पनि कालोपाटीमै पढाउने अवस्था आउने हो की भन्ने डर छ ।’
उद्घाटनका क्रममा इन्स्टिच्युटका संरक्षक तथा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले आज पनि ठूलो ढिग्रीको सर्टिफिकेट बोकेर विदेशर जानेहरु अदक्ष मजदुरको रुपमा कामगर्न बाध्य रहेको भन्दै यो संस्थाले दक्ष जनशक्ति उत्पादन गर्ने बताए । उनले अवका दिनमा हाम्रो नगरका युवाहरु विदेश जाँदा दक्ष र प्राविधिक जनशक्ति विदेश पठाउन सकियोभने कमाई पनि राम्रो हुने र सुविधायुक्त कामपनि पाइने बताए ।
उदघाटन समारोहमा प्रदेश सभा सदस्य जगत यादवले शिक्षामा सहज पहुँचको लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने बताए । उनले आजपनि हामी शिक्षामा व्यापार गरिरहेका छौं, यसलाई रोकेर निशुल्क शिक्षामा जोड दिनुपर्छ ।
उद्घाटन समारोहमा पूर्व शान्ति तथा पनःनिर्माण मन्त्री विश्वनाथ साह, धनगढीमाई नगरपालीका प्रमुख हरीनारायण चौधरी, संविधानसभा सदस्य निशा साह, जिल्ला प्रमुख अधिकारी प्रदिपराज कणेल, स्थानीय जनप्रतिनिध तथा शिक्षक, प्रध्यापकहरुको उपस्थिति रहेको थियो ।
यसै शैक्षिक सत्रबाट किसान नेता जय गोविन्द साहको नाममा सञ्चालनमा आएको इन्स्टिच्यूटमा ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियर, ३ वर्षे बालि विज्ञान र डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरको पढाई सुरु गरिने भएको छ ।