सिरहा, १७ असोज । अर्नमा गाउँपालीका वार्ड नं. १ का अध्यक्ष गफार मियाँलाई स्थानीय एक महिलामाथि जवरजस्ती करणीको आरोप लागेको छ । उनीमाथि एक व्यवसायी महिलाले जवरजस्ती करणी आरोपमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घटनाबारे अनुसन्धान भईरहेको र वडाअध्यक्ष गफारको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी शालिग्राम पौडेलले जानकारी दिए । उनले घटनाबारे अनुसन्धान भईरहेकोले धेरै कुरा बताउन नसकिने भन्दै पीडक फरार रहेकाले खोजीकार्य जारी रहेको बताए ।