सिरहा, १६ असोज । जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत कर्मचारीमध्ये हाल सम्म ८ जनामा कोभिड–१९ को संक्रमण देखिएकोहुँदा जोखिम न्यूनिकरण गर्ने उदेश्यले शान्ति सुरक्षा र मुद्दा सम्वन्धि बाहेक सम्पूर्ण सेवाहरु आईतबारदेखि एकसाताका लागि बन्द गरिएको छ ।
गत असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा संक्रमण देखिएको र ३ जना प्रशासकिय अधिकृतको दरवन्दि रहेकोमा १ जनामा संक्रमण लक्षण र अन्य २ सहित ८ जनामा कोभिड १९ संक्रण देखिएको हुँदा जोखिम न्यूनिकरण गर्न आईतबार देखि लागुहुनेगरी २४ गतेसम्मलाई अतिवाश्यक बाहेकका सेवा बन्द रहेने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलद्वारा हस्ताक्षर गरी जारी गरियको सूचनामा उल्लेख गरिएको छ ।
शुक्रावार जारी चलानी नम्वर १५ सय ४८ सूचनामा मा भनिएको छ, ‘अति आवश्यक नपरी सेवा लिन नजान, जनै परेमा २ मिटरको दुरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोई वा स्यानीटाइजार प्रयोग री आफू सुरक्षित हुने गरी अति आवस्यक सेवा लिनहुन सम्वद्ध सवैमा अनुरोध छ ।’