काठमाडौं, १५ असोज । सिफरिससधैं शक्तिकेन्द्रको नजीक ओरपर रहँदै आएका आएका निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई सरकारले अमेरिकाको राजदूतमा सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत र मुख्यसचिवबाट आजै विहान राजीनामा दिएका लोकदर्शन रेम्मीलाई बेलायतको लागि राजदुत सिफारिस गरेको हो ।
त्यसैगरी, आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि रिक्त मुख्यसचिव पदमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर, साढे दुई वर्ष अर्थमन्त्री, केही दिन प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार हुँदै खतिवडा अन्ततः राजदूत सिफारिस भएका हुन् ।
मुख्यसचिवबाट अवकास पाएसँगै कुनै शक्तिशाली देशको राजदूत बनाउने परम्परा अनुसार रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरिएको हो । राजदूतमा सिफारिस हुने पक्का भएपछि मात्रै उनले मुख्यसचिव पदबाट आज बिहान मात्रै राजीनामा दिएका थिए ।
संसदीय सुनुवाई प्रक्रिया पूरा भएपछि खतिवडा र रेग्मीलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।