सिरहा, १४ असोज । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीलाई दुख, हैरानी दिने तीनजना विचौलियालाई प्रहरीले बुधबार अपरान्ह नियन्त्रणमा लिएको छ । लक डाउनका कारण लामोसमयपछि खुलेका कार्यालहरुमा विचौलियाहरुले सेवाग्राहीलाई दुख दिएको जनगुनासा आउन थालेपछि सादापोसाकमा खरिटएका प्रहरीले जिल्ला प्रशासन कार्यालय परीशरबाट सिरहा विष्णुपुर गापा ४ का २५ वर्षिय जितेन्द्र पासवान, १९ वर्षिय राजु पासवान र सिरहा नपा २ का जितेन्द्र पासवानलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तीनैजनामाथि अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।