सिरहा, १३ असोज । टेलिभिजनको दुनियाँमा एमआई टेलिभिजनले क्रान्ति ल्याउन सक्ने उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष भरत अग्रवालले बताएको छ । सिरहाको गोलबजारमा सोमबार एमआई (मी) टेलिभिजनको ग्र्यान्ट लञ्च कार्यक्रमको केक काटेर उद्घाटन गर्दै अध्यक्ष अग्रवालले यसको स्मार्टनेश र मूल्यको तुलना गर्दा यसले नयाँ किर्तिमान कायम गर्ने बताएका हो ।
उनले टेलिभिजनको साइज, लुक्स र मूल्यलाई दाजेर हेर्दा यो असाध्य आकर्षक रहेको बताए । उनलेभने, ‘कुनै समय मैले पनि यसको व्यवसाय गरें, त्यसवेला स्मार्ट टिभिको जमाना थिएन, बाकसवाला सेट थियो, अहिले नयाँ टेक्नोलोजी आईसकेको अवस्थामा यसको मूल्यले मलाई पनि लोभ्यायो ।’
उनले उद्घाटनै क्रममा गुप्ता अर्गनाईजेशनले हात हालेको सवै व्यवसायले सफलता पाएको जनाउँदै यसले पनि राम्रो व्यवसाय गर्नेमा आफू ढुक्क रहेको बताए । उनले लञ्चीङ् समारोहको उद्घाटन गर्दै व्यवसायीक सफलताको कामना समेत गर्न भ्याय ।
आधुनिक टेक्नोलोजीका साथ नेपालमा हालै भित्रीएको एमआई स्मार्ट टेलिभिजनको आकर्षक डिजाईन, फोर के यूएचडी स्कृन क्वालीटी रहेको अधृकृत विक्रेता गुप्ता अर्गनाईजेसनद्वारा सञ्चालिन राजु इन्टरप्राइजेजका सञ्चालक राकेश गुप्ताले जानकारी दिए । उनले आजसम्म कुनै टेलिभिजन कम्पनीले दिन नसकेको ४४ इन्च टेलिभिजन सेटको ३९ हजार ९ सय ९९ रुपैयाँ र ५५ इन्च टेलिभिजनको ६४ हजार ९ सय ९९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यसको सवै सेटहरुमा २ वर्षको बारेन्टी रहेको समेत सञ्चालनक गुप्ताले जानकारी दिए ।
राजु इन्टरप्राइजेज एमआई टेलिभिजनको सिरहा र उदयपुरकालागि अधिकृत विक्रेता हुन् । लञ्चीक समारोहमा सञ्चालक गुप्ताले सन् २०१९ मा भारतमा सवैभन्दा बढी विक्रिभएको रेकर्ड कायम गरेको यो कम्पनीले नेपालमा पनि राम्रो व्यवसाय गर्नेमा आफू ढुक्क रहेको जनाए ।