सिरहा, १३ असोज । तत्कालिन जिल्ला विकास समिति सिरहाका पुर्व उप–सभापति शुभलाल राइको निधन भएको छ । सिरहाको गोलबजार नगरपालिका २ का ७३ वर्षीय शुभलाल राईको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो ।
अचानक दिसा रोकिएपछि सिरहाको कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागि करिब एक साताअघि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको जनाएको छ ।
राई २०४२ सालको निर्वाचनमा जिल्ला विकास समिति सिरहाका उप–सभापतिमा निर्वाचित भएका थिए । उनलाई त्यस वेला निडर हक्कि नेताको रुपमा चिनिने गरेका थिए ।