मुकेश यादव
सिरहा, १० असोज । कोभिड १९ का कारण पछिल्लो ६ महिनादेखि वन्द सामुदायीक विद्यालय आईतबारदेखि खुल्ने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी लक्ष्मीपुर पातारी गाउँ पालीका र मिर्चैया नगरपालीका क्षेत्रभित्रका विद्यालय संचालन गर्ने भएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको सङ्क्रमणका कारण लामो समयदेखि अवरुद्ध पठनपाठन स्थानीय तहको निर्णयअनुसार असोज ११ गतेदेखि सञ्चालन हुने भएको हो । पालीकाको शिक्षा साखाहरुले सूचना जारी गरी विद्यालयमै सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर कक्षा संचालन गर्ने जनाएको छ ।
मिर्चैया नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्थाबमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागेको जनाइएको छ ।
विद्यार्थीले विद्यालय आउँदा अनिवार्य रुपमा मास्क लगाउने र सामाजिक दूरी कायम हुने गरी दुई सिफ्टमा सञ्चालन गरिनुपर्ने लक्ष्मीपुर गाउँपालीका शिक्षा शाखाले जनाएको छ ।
मिर्चैया नगरशिक्षाले भने जीजि द्यिालयहरुलाई भने लकडाउनको अवधिको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय गरेको सूचनामा उल्लेख छ । विद्यार्थीलाई बसमा ल्याउँदा एकातर्फको जोडी सिटमा एक जना मात्र बस्ने र विद्यालयमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउन निर्देशन गरिएको छ ।
यस्तै विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जना मात्र बस्न पाउने तथा विद्यालयमा भौतिक दूरी कडाइका साथ पालना गराउने सूचनामा उल्लेख छ । विद्यार्थीमा कुनै किसिमको लक्षण देखिए तत्कालै जाँच गराउन लगाउने पनि भनिएको छ ।
यता, गोलबजार नगरक्षेत्रका विद्यालयले भने टोल–टोलमै गएर विद्यार्थी भेला पारी पढाउन थालेको छ । लामो समयदेखि विद्यार्थीको पठन–पाठन पक्रिया अवरुद्ध भएकोले विद्यार्थीहरुलाई गाउँ टोलमै गएर पठन पाठन गर्ने नीति अवलम्वन गरेको शिक्षा खाशाले जनाएको छ ।
महामारीको जोखिम अझै रहेको भन्दै विद्यालय सञ्चलन भने अझै गरेको छैन्, त्यसैले गाउँ टोलमै विद्यार्थी भेलागरी पढाउन थालिएको नगर शिक्षा समितिका सदस्य जगत श्रेष्ठले जानकारी दिए । उनले माथिलो कक्षाकाहरुलाई भने विद्यालयले स्वास्थ्य सुरक्षा र भौतिक दुरी कायमगरी अनुकुलता अनुसार पठन पाठन गर्ने सहुलियत दिएको सदस्य श्रेष्ठले जनाए ।