पोखरा, ८ असोज । पहिरोमा परि स्याङ्जामा ८ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोमा पुरीएर ८ जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
विहान करिव २ बजे कालिगण्डकी–४ गोतामे डाँडामा खसेको पहिरोले दुई घर पुरींदा १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ । प्रहरीले उनको शव निकालेको छ ।
त्यसैगरी, वालिङ नगरपालिका–१४ तमादी डाँडामा बिहान साढे ५ बजे खसेको पहिरोले माया नेपालीको घरबाट ७ जनाको शव निकालेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी बोगटीले बताए । एकजनाको भने जिवित उद्धार गरेको छ भने घरभित्र २ जना अझौ पुरिएका छन्उ । उनीहरुको उद्धार कार्य भईरहेको बताइएको ।
माया नेपालीको घरमा १० जना थिए । तमादी डाँडा जिल्ला सदरमुकामबाट ३८ किलोमिटरको दुरीमा छ ।
जिवितै उद्धार गरिएकी १६वर्षिय मनिषा नेपालीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखराको लागि रिफर गरिएको छ ।
मृत्यु भएकामध्ये हालसम्म उमाकला नेपाली, माया नेपाली, दिपक नेपाली, सानी नेपाली र विवश नेपाली को सनाखत भएको छ ।