काठमाडौं, ७ असोज । सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई कुनै पनि संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता दिनेश त्रिपाठीलगायतले दिएको रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदाmतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको नियुक्तिलाई यथास्थितिमा राख्दै थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।
सर्वोच्चले यही असोज १४ गते दुवै पक्षलाई छलफलको लागि समेत बोलाएको छ ।