काठमाडौं, ६ असोज । प्रेस काउन्सिल नेपालको ५१ औं स्थापना दिवसको अवसरमा आज प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सिरहाका राष्ट्रिय समाचार समिति (रासस) कर्मी राजु विश्वकर्मा सम्मानीत भएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यलय काठमाडौंको सभाहलमा सम्मान कार्यक्रममा माननीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले १५ हजार नगर सहित सम्मान गरेका हुन् ।
युवा पत्रकारीता क्षेत्रमा योगदान पुर्याएबापत विश्वकर्मालाई सम्मान गरेको बताइएको छ । उनी सहित देशैभरीबाट फरक–फरक विधाका २६ जनालाई सभामुखले सम्मान गरेको आयोजकले जनाएको छ ।