संजय विश्वकर्मा
लहान ५ , असोज । सप्तरीको सुरुङ्गा नगरपालिकामा सोमबार एक दिने एकीकृत पाठ्यक्रम प्रधानाध्यापक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
श्री मसिलाल जनता माध्यमिक बिद्यलय कुशहामा सम्पन्न भएको अभिमुखिकरण कार्यक्रममा नगरपालिका क्षेत्रभित्र रहेका आधारभुत तहमा शिक्षण गर्ने बिँद्यलयका प्रधानाध्यापकहरुसंग पाठ्यक्रम अनुसारको शिक्षण गर्ने विधिहरुको बारेमा छलफल भएको जनाईएको छ ।
अभिमुखिकरण कार्यक्रममा आधारभुत तह अन्तर्गत कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम २०७६ ले निर्देश गरेको बिधि प्रयोगात्मक रुपमा कार्यान्वयन गरेमा विद्यर्थीहरुको पठन पाठन प्रभावकारी हुने बिषयमा समेत छलफल भएको छ ।
करिब छ महिनाको लामो बन्दले पुर्णरुपमा शिक्षाक्षेत्र प्रभावित भएको सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरीले बताए । कार्यक्रमको समापन समाहरोहमा बोल्दै उहाँले शिशु कक्षामा मन्टेश्वरी विधि प्रयोग गरि शिक्षण गरेमा प्रभावकारी हुने बताए । सामुदायिक बद्यधालयमा खासगरी आर्थिक अबस्था न्यून भएका अभिभावकहरुको बिद्यार्थी पठन पाठन गरिरहेको हुँदा उनीहरुको भबिष्य माथी शिक्षकहरुलाई खेलवाड गर्न नहुने चौधरीले बताए ।
दक्ष जनशक्ति भएपनी सामुदायिकद्यबिधालय प्रति अभिभावकको बिश्वास घटनुको प्रमुख कारण पठन पाठनमा सुधार नहुनु हो । उनले भने, ‘सामुदायिक बिद्यलयको पठन पाठन सुधार गर्न स्थानीय तहले पनि समय समयमा ठोस निर्णयहरु लिनु पर्छ, शिक्षकहरुको पनि उत्तिकै योगदान रहन्छ ।’
सेभ द चिल्ड्रेनको र सबल नेपाल सप्तरीको सहयोगमा संचालित कार्यक्रममा एकीकृत पाठ्यक्रम बारे सहभागीहरुको ज्ञान, शिप र धारणामा परिवर्तन ल्याई पाठ्यक्रममा आधारित भएर कार्यक्षेत्रमा कार्यान्वयन गराउने मुख्य उदेश्य रहेको सबल नेपालका फिल्ड अफिसर राधेश्याम रामले बताए ।
सुरुङ्गा नगरपालिकाको आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमको सहजीकरण नगर शिक्षा शाखाका स्रोत ब्याक्ती भोगेन्द्र कुमार यदव, प्र.अ। सुर्यनारायण चौधरीले गरेका थिए ।
१९ जनाको सहभागीता रहेको कार्यक्रमको उद्घाटन सुरुङ्गा नगरपालिकाका नगर शिक्षा अधिकृत हिराबहादुर राणाले गरेको सबल नेपालका शिक्षा फिल्ड अधिकृत नीरबहादुर आलेले जानकारी दिए ।
यसैबिच सबल नेपाल कै आयोजनामा शनिबार ५ दिने एकीकृत पाठ्यक्रम प्रवोधिकरण तालीमको पनि समापन भएको छ । सुरुङ्गा नगरपालिका भित्रका २० वटा बिधालयका कक्षा १ मा अध्यापन गराउने शिक्षकको सिपमा दक्षता ल्याउन तालीम गरिएको आयोजकले जनाए ।