कवानपुर, ५ असोज । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई बालकको मृत्यु भएको छ । मनहरीबाट खरिखेत पलाँसे जाँदै गरेको ना. ५ ज ७१७५ नम्वरको जीप पल्टिँदा राक्सिराङ गाउँपालिका ३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा राक्सिराङ गाउँपालिका ३ का २७ वर्षीय सुरज शाही घाइते भएकाछन् । उनको स्थानीय स्तरमा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
जीप चालक भीषण प्रजालाई प्रहरी नियन्त्रणमा रहेको छ ।