सिरहा, ३ असोज । कोभिड १९ महामारीको विच उच्च जोखिममा रही विभिन्न क्षेत्रमा काम गर्ने सिरहाका दुई २२ जनालाई संविधान दिवसको अवसरपारेर सम्मान गरेका छन् ।
जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्र सिरहाले उच्च जोखिममा रहि काम गर्ने विभिन्न क्षेत्रका दुई सय २२ जना व्यक्तिहरूलाई आज सम्मान गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कनेलले जानकारी दिए ।
जोखिम न्युनिकरणका लागी आ– आफनो क्षेत्रबाट निरन्तर सहयोग गर्न छुटेकालाई क्रमिक रुपमा सम्मान गर्दै जाने डिसिसिएमसिका अध्यक्ष समेत रहनुभएका अधिकारी कनेलले बताए।
कोरोना नियन्त्रण र रोकथामका लागि सिरहा कार्यक्षेत्र बनाई काम गर्ने संचारकर्मी , चिकित्सक, समाजसेबी , संघ संस्थाका प्रतिनिधि लगायतलाई आज सम्मान गरिएको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देबकुमार यादबले बताए।