सिरहा, १ असोज । समृद्ध नगर निर्माणमा सवै तह तप्काको योगनाको जरुरी रहेको धनगढीमाई नगरपालीकाका प्रमुख हरिनारायण चौधरीले बताएको छ । नगरपालीकाको पाँचै स्थापना दिवसलाई सम्वोधन गर्दै प्रमुख चौधरीले जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज सहित सपूर्ण तह तप्काको योगदानबाट समृद्ध नगर बन्ने बताउनु भएको हो ।
समृद्ध नगर बनाउने आफ्नो सपना रहेको भन्दै नगरप्रमुख चोधरीले यो सपना साकार पार्न आफूले सवै तहतप्कासँग सहयोगको आवश्यकता महसुस गर्दै आएको पनि बताए ।
नगर प्रमुख चौधरीले तीन तहको सरकारमा सवैभन्दा चलायमान, बलियो र जनताको प्रत्यक्ष काममा रहने स्थानीय सरकार नै रहेको जीकिर गरे । उनलेभने, ‘आज संघ, प्रदेश भन्दा स्थानीय तह सवैभन्दा चलायमान रहेको छ, यसलाई अझै बलियो र सवल बनाउनु पर्ने जरुरी रहेको छ ।’
सीमित स्रोत साधनको भरमा चाहेजस्तो काम गर्न नसकेको पनि उनले सुनाए । उनलभने, ‘हाम्रो चाहाना, आवश्यकता धेरैछन् तर सीमित स्रोत साधनको आधारमा आफूहरुले काम गरिरहेका छौं ।’
सोही क्रममा नेपाली काग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवले नगरको प्रगतिको नामना गर्नु गरे । उनले नगरपालीको भौगोलीक, स्रोत साधनको आधारमा अझै धेरै काम गर्न सकिने बताए । उनलने भने, ‘फराकीलो छातीपारेर काम गरे नगरले अझै धेरै काम गर्न सक्छ, यहाँका स्रोत साधान, भौगोलीक अवस्था र सहयोगी हातहरुलाई समेट्न सके झन धेरै गर्न सकिनछ ।’
नगरपालीका स्थापना दिवसका नेकपाका नेता उत्तरबहादुर जर्घा, तेजवहादुर आले, शिवशंकर महतो, नेपाली काग्रेसका जिल्ला सचिव पञ्चलाल महतोले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नगरपालीकाका उपप्रमुख फुलकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नगर प्रवक्ता तथा वार्ड नं. ९ का वडा अध्यक्ष प्रकाश योञ्जनले गरेका थिए ।
जग्गा दाता लाई सम्मान
धनगढीमाई नगरपालीका १ र ४ मा वडा कार्यालय तथास्वास्थ्य चौकी भवन निर्माणको लागि जग्गा दानगर्नुहुने दुईजनालाई खादा ओढाएर सम्मान पत्र प्रदान गरेको छ । वडा कार्यालय निर्माणका लागि गज्जा निशुल्क दान गर्नुहुने लाग वर्ड नं. १ का स्थानीय बालेश्वर महतो र स्वास्थ्य चौकी निर्माणको लागि जग्गा दान गर्नुहुने वार्ड नंं. ४ का शिवध्यानी सिंहलाई सम्मान गरेका हुन् ।
महतोले करिव ३० लाख मूल्यको दुई कठ्ठा १० धुर र सिंहले करिव ५० लाख मूल्य बराबरको ५ कठ्ठा जग्गा नगरपालीकालाई निशुल्क दान गरेका दुवैजनालाई नगरप्रमुख चौधरीले सम्मान पत्र प्रदान गरेका हुन् ।
उनीहरुले आफूहरुले सामाजिक दायीत्वलाई बुझेर नगरपालीकालाई स्वेच्छाले जग्गा दान गरेको बताएको छ ।