काठमाडौं, ३० भदौ । कोरोना भाईरसको संक्रमण समुदायीक स्तरमा पैmलिरहेको बेला मन्त्रिपरिषदको सोबारको बैठकले अगामी असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान र लामो दुरीको बस सञ्चालन गर्नदिने निर्णय गरेको हो ।
यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालन गर्ने भन्दै सरकारलाई दवाव दिएका थिए ।