मुकेश कुमार यादब सिरहा, २९ भदौ । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दिले सार्वजनिक जग्गा खरिद विक्रि गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएको छ । ऐलानी तथा वनको जग्गा सुकुम्वासीको नाममा खरिद विक्रिगरेको विरुद्ध सिरहाका स्थानीय संघर्ष समितिले चोहर्वामा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य मन्त्री राउले सार्वजनिक जग्गा किन्ने र बेच्ने दुवै अपराधी भएकोले उनीहरु लाई कानुनी दायरामा ल्याई कार्वाही गरिने बताएको हो ।

IMG_2156
मन्त्री राउतले सरकारी वन तथा ऐलानी पर्ती जग्गा सुकुम्वासीको नाममा हड्पीने अपराधी हुन्, त्यसको साथसाथै त्यस्तो जमिन खरिद गर्ने व्यक्ति वा संस्थापनि अपारधी भएको जिकिर गरे । उनलेभने, ‘चोरी गर्नु अपराधी हो, चोरी गरेको सामान सस्तोमा खरिद गर्ने पनि अपराधी नै हुन्, तिनलाई पनि कार्वाहीको दायरामा ल्याउनु पर्छ ।’

119550548_2702598400012518_6348609337695621963_n

वन तथा ऐलानी जमिन व्यक्तिको नाममा ल्याएर चलखेलगर्नेहरुको विरुद्धमा स्थानीयले गर्दै आएको संघर्ष समितिलाई तपाईहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले भने, ‘तपाईहरुले जमिन जोगाउन जे गर्दै हुनुहुन्छ तपाईहरु धन्यवादको पत्र हुनुहुन्छ, सरकारी, ऐलानी जग्गा खरिद बिक्री गर्ने अधिकार कसैलाई छैन, जस्तोसुकै हालतमा पनि जग्गा फिर्ता हुन्छ ।’
कार्यक्रममा प्रदेश २ का वन तथा पर्यटन नरेश राय यादव, सहायक वन तथा पर्यटन मन्त्री सुरेश कुमार मण्डल, प्रमुख जिल्ला अधिकारी प्रदिप राज कडेल, प्रहरी प्रमुख लगायतका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।


स्थानीयले महिनौ देखि जग्गा फिर्ताको माँग गर्दै संघर्ष गर्दै आएका छन् । आन्दोलनकै कारण कि.न.४ सय २० नं.को २ विघा ९ कठ्ठा १३ धुर सार्वजानिक जग्गा व्यक्तिको नाममा भएको जग्गा राष्ट्रिय वनको नाममा फिर्ता भएको थियो ।
सुकुम्वासी आयोगका सदस्य देव कुमार मोक्तानले २०५८ सालमै वन बुट्यान हुँदाहुँदै पनि कि.नं. २००, २०३, २०६, ६८७, ६८०, ६८४ लगायतका दर्जनौं कि.नं. सार्वजनिक जग्गा आफना नजिकको नातेदारको नाममा राखी बिक्री गरेका थिए । जसमध्ये अधिकांश जग्गा सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगका संचालक मनोज गोयल र अनुज राठीको नाममा नामसारी भएका छन् । सोही जग्गाहरु पुनः सार्वजनिक जग्गामै परिणत गराउनको लागि विगत दुई हप्तादेखि त्यस भेगका स्थानीयहरु आन्दोलनरत रहेका छन् ।
सुकुम्वासी आयोगको जग्गा खरिद विक्रि नभएपनि उनीहरुले किर्तेगरी विक्रि गर्दै आएका छन् । जग्गा खरिदविक्रिमा सघाउ पुर्याउने गरी सम्वन्धित वडाअध्यक्षहरुले पनि घरबाटो सिफारिस गर्ने गरेको छ ।

 

119552950_771178687010877_7122733412095659131_n