सिरहा, २९ भदौ । सिरहामा कोरोना (कोभिड –१९)संक्रमीत एक महिलाको आइबार राती मृत्यु भएको छ । संक्रमणका कारण कर्जन्हा नगरपालिका–२ बन्दीपुरकी ३५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
ग्यास्टिकको समस्यासँगै ज्वरो आएका उनलाई उपचारको निमित्त जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएपनि उनमा पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएपछि थप उपचारको लागि आइतबार विहान १० बजे प्रादेशिक अस्पताल रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।
उपचारकै क्रममा आइतबार साँझ ६ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय, सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । यससँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।