सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोकको बाह्रविशे नगरपालीका ७ को विभिन्न ठाउँमा शनिबार राति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । आइतबार दिउँसो थप दुई जनाको शव भेटिएपछि मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पहिरोमा परी अझै २० जना हराइरहेका छन् । पहिरोले बाह्रबिसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् ।
पहिरोमा परी ६३ वर्षिय भक्तिमाया श्रेष्ठ, २३ वर्षिय जुनु विक २४ वर्षिय शुकलाल विक ८ वर्षका सन्देश विक, ६० वर्षिय सर्किनी नेवार, ६५ वर्षिय धनलाल नेवार, ९८ वर्षिय ट्याक्सी शेर्पा, ६० वर्षिय हिरामाया नेवारको पहिरोमा परी मृत्यु भएको छ ।
त्यसैगरी, पहिरोमा परी ४२ वर्षिय ज्ञानीमाया प्रधान, ५ वर्षिय सरस्वती विक, २५ वर्षिय करणबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
पहिरोमा परेर ४८ वर्षि रामबहादुर नेवार, १८ वर्षिय दिलमाया श्रेष्ठ, ३७ वर्षि रिता श्रेष्ठ, ५ वर्षिय दानियालाल श्रेष्ठ ४ वर्षिय नदान श्रेष्ठ, २५ वर्षिय अमृता श्रेष्ठ, अमिता श्रेष्ठ, ३० वर्षिय रविना श्रेष्ठ, ८ वर्षिय रियाशु श्रेष्ठ, ६० वर्षिय पदमकुमारी श्रेष्ठ अझै हराइरहेकाछन् ।
४२ वर्षका रामकुमार श्रेष्ठ, ५१ वर्षका लबहादुर श्रेष्ठ, ५० वर्षका बुद्धलक्ष्मी श्रेष्ठ, ११ वर्षका लक्ष्मी श्रेष्ठ २२ वर्षका कुमार विक २१ वर्षका सोनिया विक, १० वर्षका रुपा बिक ४२ वर्षका शिबबहादुर नेवार हराई रहेका छन् । पहिरोमा परी एक दुई वर्षीय बालक र एक महिलाको नाम खुल्न सकेको छैन । हराईरहेकाहरुको खोजी कार्यजारी रहेको जिल्ला दैविप्रकोप उद्धार समितिले बताएको छ ।