बर्दिवास, २८ भदौ । सृङ्खलाबद्ध दलित हत्याका घटनाहरुको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्म कार्वाही र पीडित परीवारलाई उचित राहतको माँग दलित अगुवाहरुले गरेका छन् । दलित संघर्ष समिति महोत्तरीले बर्दिवासमा आयोजना गरेको जुलुस सहित कोणसभालाई सम्वोधन गर्दै बक्ताहरुले दिन दिनै सर्वसाधारण र प्रहरी कसट्डी भित्र समेत दलितहरुको हत्या भईरहेको घटनाप्रति आक्रोश व्यक्त गरेकाहुन् ।
दलितहरु अव अधिकारको आन्दोलनमा पार्टीभन्दामाथि उठ्नु पर्ने दलित संघर्ष समिति सिरहाका राजु विश्वकर्माले बताए । उनले अव दलितहरु सधै पार्टीको बफादार कार्यकर्तामात्र भएर हुन्न्, अधिकारको आन्दोलनमा पार्टीभित्र र बाहिर दुवैतीर आवाज बुलन्द पार्नु पर्ने बताए ।
उनले केही दलितmहरु आन्दोलनलाई झ्यालबाट हेरेर खिसिटिउरी गर्ने र पार्टीनेताको बफादार बन्ने गरेको देखिन्छ यसले भोली उनीहरुलाई नै क्षति हुने बताए । विश्वकर्मालेभने, ‘आज देशभरी दलितहरुको हत्या, दुरव्यवहार भईरहँदा च्यूंक नबोल्न पार्टीले भोली तपाईलाई पर्दा हेला भन्ने ग्यारेन्टी छैन, त्यसैले आजैबाट अधिकारको आन्दोलनमा सामेल हुन म आग्रह गर्दछु ।’
मन्तव्यकै क्रममा उनले दलितहरुमाथि यतिठूलो अपराधीक घटना घट्दा एउटा विज्ञप्तीसमेत पार्टीहरुले नलिकालेको प्रति विश्वकर्माले आक्रोश व्यक्त गरे ।
दलित संघर्ष समिति, महोत्तरीका सचिव सरोज गजमेरले संचालन गरेको कार्यक्रममा दलित दलित अधिकारकरकर्मी विनोद विशुन्के, विश्वकर्मा समाज प्रदेश नं. २ का अम्विका विश्कर्मा, दलित अधिकारकर्मी संजय महरा, सुरेन्द्र महराले घट्नामा संलग्न दोषीहरुलाई कारबाही तथा पीडित परिवारलाई न्याय दिन राज्यसँग जोडदार माग गरेका गरेका थिए ।
दलित संघर्ष समिति, महोत्तरीका संयोजक मीन रहपाको अध्यक्षतामा समापन कार्यक्रममा सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटका दलित अगुवा तथा अधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।